इन्धन बढ्दा भाडा स्वतः समायोजन हुने वैज्ञानिक प्रणाली तत्काल कार्यान्वयन गर्न यातायात व्यवसायीको माग

दलित अनलाइन बैशाख ७, २०८३

काठमाडौँ — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा भाडा स्वतः समायोजन हुने वैज्ञानिक प्रणाली तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्य बारम्बार बढ्दा पनि भाडा समायोजन नहुँदा यातायात व्यवसायीहरू मारमा परेको बताएका छन्। उनका अनुसार हालसम्म केवल बागमती प्रदेशले मात्र भाडा समायोजन गरेको छ ।

सिटौलाले वार्षिक रूपमा गरिने भाडा समायोजन प्रक्रिया अब प्रभावहीन भइसकेको भन्दै हवाई सेवा र नेपाल आयल निगम जस्तै स्वचालित प्रणाली लागू गर्नुपर्ने बताए । उनले इन्धनको मूल्य घट्दा व्यवसायीले स्वीकार गरेझैं बढ्दा पनि स्वतः समायोजन हुनुपर्ने तर्क राखे ।

उनले सडक यातायात क्षेत्रमा यस्तो स्वचालित प्रणाली नहुँदा विभेद भएको आरोपसमेत लगाए । “हवाई क्षेत्रमा र आयल निगममा स्वतः मूल्य समायोजन हुन्छ, तर सडक यातायातमा किन हुँदैन?” भन्दै उनले प्रश्न उठाए ।

NTC

सिटौलाले सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयले इन्धन खपत घटाउनुको सट्टा झन बढाएको दाबी पनि गरे। उनका अनुसार निजी सवारी साधन धेरै हुँदा बिदाले प्रभावकारी परिणाम दिन सकेन।

उनले इन्धन खपत कम गर्न निजी सवारीमा जोर–बिजोर प्रणाली लागू गर्नुपर्ने सुझाव पनि दिए। साथै, सार्वजनिक यातायातलाई प्रविधिमैत्री, क्यासलेस र जीपीएस प्रणालीमा लैजानुपर्नेमा जोड दिए।

भाडा समायोजन नगरे व्यवसायी चुप लागेर नबस्ने चेतावनी दिँदै उनले सरकारले छिटो निर्णय गर्नुपर्ने माग दोहोर्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank