प्रधानमन्त्री देउवाले लिए शपथ, पाँच सदस्यीय मन्त्रिपरिषद्

दलित अनलाईन २९ असार २०७८, मंगलवार २१:०३

काठमाडौँ —  प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले पद तथा गोपनीयताको शपथ लिएसँगै चार नेतालाई मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवा र नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । योसँगै देउवा नेतृत्वको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ ।

देउवाले बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्रीमा नियुक्त गरेका छन् । पम्फा भुसाल ऊर्जामन्त्री र जनार्दन शर्मा अर्थमन्त्री नियुक्त भएका छन् । खाण र कार्की कांग्रेसबाट र शर्मा र भुसाल माओवादीबाट मन्त्री नियुक्त भएका हुन् ।

 सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै देउबालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। देउवालाई संसद पुनर्स्थापना र आफुलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank