हिसिला : क्रान्तिकारीदेखि प्रथम महिलासम्म

पुस्तक समिक्षा हिसिला  यमीद्धारा लिखित तथा पेङ्गुइन रयाण्डम हाउस इण्डिया प्रा.लिद्धारा प्रकासित पुस्तक हिसिला यमीको आफ्नै जीवनका तिता–मिठा अनुुभव, अनुभूति, भोगाई, जीवनमा झेल्नु परेका उतार–चढाव, अपमान र सम्मान, निन्दा र प्रशंसा, दुःख र सुख आदिसँग सम्बन्धित जस्तो देखिएता पनि यो पुस्तक वास्तवमा भन्ने हो भने नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको इतिहासलाई एउटा उत्पीडित वर्ग, क्षेत्र, जात […]

योङ ग्लोबल लिडर प्रदीप

प्रदीप परियार (३९)लाई  स्विट्जरल्यान्डको डाभोसस्थित ‘वर्ल्ड इकोनोमिक फोरम’ले पाँच–पाँच वर्षमा दिँदै आएको ‘योङ ग्लोबल लिडर्स (वाइजिएल)–२०२०’ अवार्डबाट सम्मानित गरेको छ । युवा शसक्तिकरण, दलित र सीमान्तकृत समुदायमा उनले पुर्‍याएको योगदानको कदर गर्दै सो अवार्ड दिइएको हो । सामाजिक काममा क्रियाशील दलित युवा सम्मानित हुनु नेपालकै लागि गौरवको विषय हो भने दलित समुदायका लागि प्रेरणा । यही प्रेरणाका स्रोत बन्न […]

एकीकरणमा दलितको स्थान

पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियानमा जसरी भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवर र दामोदर पाण्डेले योगदान गरे, त्यसरी नै बिसे नगर्ची, मणिराम गाइने, धार्ने सार्की र जसवीर कामीले पनि योगदान गरेका थिए । पृथ्वीनारायण शाहको सपनालाई साकार पार्न बिशेष सहयोग पुर्‍याउने दलितमध्ये बिसे नगर्चीको नाम अग्रपंक्तिमा आउँछ । एउटा दमाईंले यति ठूलो योगदान दिन सक्दो रहेछ […]

छुवाछुत विरुद्धका सामाजिक अभियन्ता

उमेश विश्वकर्मा एक नम्वर प्रदेशको दुर्गम पहाडी जिल्ला संंखुवासभाको तात्कालिन वाना गाविस हाल पाँचखनप नगरपालिका ४ मा जन्मिएका हुन् । लड्दै पड्दै स्नातकसम्मको अध्ययन गरेको बताउने उनी हाल दलित मावन अधिकारको सक्रिय अभियन्ता बनेका छन् । दलितहरुमाथि भएको उत्पीडनका घटनाहरु हुन वा दलित समस्या सवाललाई विकासको अधिकारसँग जोड्ने कुरा होस् अधिकारकर्मी उमेशको सक्रियता निरन्तर रहने […]

विभेदको विद्रोहबाट जन्मिएकी सांसद जसमाया

मान्छेले मान्छेलाई सानो जाति भन्दै छुवाछुत गर्दा मनमा कस्तो चोटपर्छ भन्ने दुखाई जसमायाले प्रत्यक्ष महशुस गरेकी छन् । सानो छँदा जसमाया भन्थिन् , –‘छुवाछुतको व्यवहार के हो बुझलाउ त्यत्तिखेर तिमी पनि हाम्रो जस्तो दलित भईहेर ।’

दलित समुदायका वैचारिक अगुवा

  विश्वभक्त दुलाल (आहुति) नेपाली दलित राजनीतिका वैचारिक नेता हुन् । कम्युनिस्ट नेताको पहिचान बनाएका आहुतिले वैचारिक रूपमा नेपाली दलित आन्दोलनको अगुवाइ गर्दै आएका छन् । बहुआयामिक परिचय भएका आहुति एक जना सफल साहित्यकार हुन् । उनका कविता र उपन्यास चर्चित छन् भने वैचारिक रचना गहन छन् । जीवनको प्रारम्भिक चरणदेखि नै कम्युनिस्ट राजनीतिमा झुकाव […]

मिठाइदेवी विश्वकर्माकाे संघर्ष गाथा : न मन्त्री, न राजनीतिक नियुक्ति

परशुराम रम्तेल / गणेश विश्वकर्मा मिठाइदेवी विश्वकर्मा । नेपाली दलित आन्दोलनमा सबैभन्दा अगाडि रहेकी महिला नेतृ । उनको नामसँग जोडिएका छन् दलित समुदायको आन्दोलनका अनेक गाथा । ती गाथाभित्र पनि गाँसिएका छन् दलित महिलाका सङ्घर्ष–कथा । उनी नेपालको पहिलो दलित महिला सङ्गठन ‘महिला परिगणित सङ्घ २०१२ की संस्थापक अध्यक्ष हुन् । अनेक सङ्घर्षका कारण उनको […]

आमाको नजरमा प्रकाश दाहाल

सीता दाहाल आमा प्रकाश जन्मने बेला उसको बुवा भूमिगत हुनुहुन्थ्यो, हामी चितवनको शिवनगरमा बस्थ्यौं । केटाकेटी, वस्तुभाउ, घरबार सबै धान्नु मेरै जिम्मेवारी थियो । सानोमा प्रकाश साह्रै बिरामी परिरहन्थ्यो । के गरी निको हुन्छ भन्दै म दौडिरहन्थें । सानोमा निकै दुख गरेर हुर्काएँ मैले । प्रकाश जन्मिएको केही महिनापछि नै हामी छुट्टियौं र क्षेत्रपुर बसाई […]

प्रकाश दाहालः जो कहिल्यै बाँच्न पाएनन्……..

ह्दयघातबाट प्रकाशको मृत्यु भएको भएपनि उनले जीवनमा तनाव लिनुपर्ने अवस्था सिर्जना नभएको भए सम्भवतः उनी बाँच्थे कि ? हरेक पाइला, पाइलामा आलोचना खेप्न नपरेको भए उनी हाँस्न सक्थे कि ? माअ‍ोवादी आन्दोलनको रिस प्रचण्डसँग फेर्ने नाममा, पार्टीभित्र नेतृत्वको विरोध गर्ने नाममा, आफूले प्रगति गर्न नसकेको कुण्ठा पोख्ने नाममा प्रकाश दाहालमाथि आक्रमण नहुन्थ्यो भने, उनको आलोचना […]

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताउने जितबहादुरलाई राजा विरेन्द्रले दिएको आश्वासन यस्तो थियो

कहिले जितबहादुर अगाडि हुन्थे भने कहिले कोरियन खेलाडी । रगतले लतपतिएको खाली खुट्टाका भरमा कुदिरहेका जितबहादुर यसै कारण तेस्रो भए । नेपाली खेलकूद क्षेत्र अहिले पनि समयअनुसार परिवर्तन हुन सकेको छैन । जुनसुकै खेलको पनि न त अभ्यास नै पर्याप्त हुन्छ, न त खेलाडिलाई प्रोत्साहन नै गरिन्छ । अधिकांश खेलका खेलाडि देशका लागि भन्दै आफ्नै मिहिनेतबाट परिश्रम […]