पण्डित दिनबन्धु पोख्रेल संयोजनमा हिन्दु धर्मगुरुहरुको बृहत भेला :दलित समुदायबाट विद्रोह हुन सक्छ

काठमाडौं–  जातीय भेदभावका कारण हिन्दुधर्म त्याग गर्नेहरुको संख्या वृद्धि हुन थालेपछि अभियान्ताहरुको चहलपहल बढेको छ । हिन्दु अभियान्ता पण्डित दिनबन्धु पोख्रेलले दलित समुदायका मानिसहरुले धमाधम धर्म परिवर्तन गर्न थाल्नुको मुख्य कारण जातीय भेदभाव भएको भन्दै त्यसलाई रोकथाम गर्न मन्दिरमा मुख्य पुजाहारी दलित समुदायबाट नियुक्त गर्न थालेका छन् । जातीय भेदभाव तथा छुवाछूत हिन्दु धर्मबाट शुरुवात […]

देउवा क्याविनेटमा कसले मार्ला बाजी ?

प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको आदेशपछि प्रतिनिधिसभा पुनर्स्थापना भएको पहिलो दिनको दोस्रो बैठकमै विश्वासको मत पाए । संसदमा रहेका झण्डै दुई तिहाइ सांसदले उनलाई समर्थन दिए । संसदमा जम्मा ६३ सिट भएको कांग्रेसका लागि यो कसरी सम्भव भयो ? स्वाभाविकै छ– एमालेको माधव नेपाल खेमा मात्र होइन, केपी ओली समूहका आठ जना सांसदले पनि समर्थन गरे […]

सर्वोच्चको परमादेशले जगाएको आशा

सोमबार संवैधानिक इजलासले प्रतिनिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाउँमा परमादेश जारी गरेको हो । सर्वोच्च अदालतको फैसलाले ओली प्रवृत्ति परास्त गरेको मात्रै छैन कि,संवैधानिक सर्वोच्चता स्थापना गरेर निरंकुशता र स्वचेछाचारिकताको गलत अभ्यास र निरंकुश ओली सत्ताको अवसानसँगै प्रतिपक्षी […]

कोठा र कोटाको बहसमा : बाह्र प्रतिशत बाहुनको पच्चासी प्रतिशत आरक्षणमाथि प्रश्न कहिले गर्ने ?

आजभोलि तथाकथित उच्च जात कहलिएकाहरुले सामाजिक संजाल लगायतको संचार माध्यममा दलितले कोठा नपाउने बाहुनले कोटा नपाउने जस्तो निकृष्ट नारा अघि सार्न खोजेको देखिन्छ । जेष्ठ १ गते काठमाण्डौको एकजना मनुवादी घरधनीले संचारकर्मी अधिकारकर्मी रुपा सुनारलाई जातकै कारण कोठा बहालमा नदिएको कारण घरधनीले जातीय विभेद तथा छुवाछुत कसुरको कानुन अन्र्तगत मुद्दा खेपिरहेका छन । यो खबर […]

मन्त्री नबनाएपछि विभिन्न कोणबाट प्रश्न : कसले मार्ला बाजी ?

काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय चुनावी सरकार पुनर्गठन गर्दा दलित समुदायबाट एक जना पनि मन्त्रिपरिषदमा नअटाएपछि यसलाई आम  समुदायले चासोका साथ हेरेका छन् । दुई राज्यमन्त्री सहित १७ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्दा जनजाति र महिलाको प्रतिनिधित्व गराएपनि दलित समुदायबाट एक जनालाई पनि मन्त्री नबनाएपछि विभिन्न कोणबाट प्रश्न उठाईएको छ । कुल २५ सदस्यीय […]

छुवाछूत प्रथा अस्वीकार्य : राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुुवाछूत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सम्बद्ध सबैमा आह्वान गरेकीछिन । जातीय भेदभाव तथा छुुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गदै राष्ट्रपति भण्डारीले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएका बताएकी छिन । २०६३ जेठ २१ गते मुलुकलाई जातीय छुुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको […]

देशकै पहिलो र नमुना दलित होमस्टे : आँपस्वाँरामा पानी चल्न थालेपछि…….

आजकाल गाउँघरमा होमस्टेले पर्यटकलाई ग्रामीण जीवनशैली हेर्न, आतिथ्य सत्कार, स्थानीय परिकार र आय आर्जन मात्रै प्रदान गरेको छैन, सामाजिक परिवर्तन समेत ल्याएको छ। देशकै पहिलो र नमुना दलित होमस्टे। दमौली बजारबाट करिब ६ किमि पूर्व समून्द्र सतहदेखि ८१५ मिटरमा अवस्थित होमस्टेमा दलित समुदायको जीवनशैली , रहन सहन, सांस्कृतिक अनुभव गर्नुको साथै अर्गानिक खाना र राम्रो बासको […]

बिसे नगर्ची : बिर्सिएका विभूति

  के नेपालमा राजतन्त्रको अन्त्य भए पनि जाततन्त्र जिउँदै छ ? नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहबारे बहुकोणीय चर्चा–परिचर्चा, बहस–पैरवी भइरहँदा महायज्ञका अन्य नायक र योद्धाहरूको नियोजित नामोनिसान किन हुन्छ भनेर छिटपुट सन्दर्भ–प्रसंग–सवाल उठाउने दुस्प्रयास जारी छ। नेपाली राजकीय सम्मानको सबैभन्दा ठूलो भारी बोकेका पृथ्वीनारायण नेपाली आधुनिक इतिहासमा सदावहार पढिने, तारिफ गरिने र देवत्वकरण गरिने पात्रहरूको […]

चिकित्सा शिक्षा स्नातकोत्तर पिजी परीक्षामा आरक्षण लागू गर्न सर्वोच्चको आदेश

काठमाडौं —  अबदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) परीक्षामा आरक्षणको व्यवस्था लागू हुने भएको छ । सर्वोच्च अदालतले स्नातकोत्तर तह पिजी परीक्षामा आरक्षणको व्यवस्था लागू गर्न चिकित्सा शिक्षा आयोगको नाममा पुस १ गते आदेश जारी गरेसँगै (पिजी) परीक्षामा आरक्षणको व्यवस्था लागू हुने भएको हो । असोज २७, २८ र २९ गते आयोगले पिजी परीक्षाको मिति […]

राम र रामायणको सत्य

हिजो आज राम र राम मन्दिर चर्चामा छ । ५ अगष्ट २०२० मा धर्मनिरपेक्ष भारतको प्रधानमन्त्री मोदीले राम जन्मभुमि अयोध्यामा भूमि पुजा गरी मन्दिर निर्माण कार्यको शुरुवात गरे । कार्यक्रममा संघपरिवार प्रमुख मोहन भागवतको उपस्थितिलाई महत्वपूर्ण तथा संदेहयूक्त रुपमा मिडियामा चर्चा भएको छ । चर्चाको अर्को पाटो प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले भानुजयन्तिको अवसरमा रामको जन्म […]