दलित अभियन्ताहरुको निर्णय : वैशाखमा राष्ट्रिय गोलमेच सम्मेलन गर्ने

दलित अनलाईन २१ पुष २०८१, आईतवार ०९:५९

काठमाडौँ — देश भरि छरिएर रहेका दलित समुदायका अभियन्ताहरुबीच वैशाखमा राष्ट्रिय गोलमेच सम्मेलन गर्ने निर्णय दलित अभियन्ताहरुले गरेका छन् ।
पूर्वराजदूत डा. निर्मल विश्वकर्माको संयोजक्तत्वमा राजधानीमा दलित अभियन्ताहरुबीच गोलमेच सम्मेलन गरी थप बैशाखमा राष्ट्रिय गोलमेच सम्मेलन गर्ने निर्णय गरेका हुन् ।

Laxmi sunrise bank 2034

सम्मेलनले समाजिक न्याय अभियानका संयोजक पूर्वराजदूत डा. निर्मल विश्वकर्माको सँयोजक्तत्वमा सबै अभियानहरुलाई समेटेर १०१ सदसीय गोलमेच सम्मेलन मुल आयोजक समिती पनि निर्माण गरेको छ ।

समितिमा कास्टवाच नेटवर्कका संयोजक डा. मित्र परियार, दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार, दलित जागरण अभियानका संयोजक राजेश मयाल अग्निीशिखा, छुवाछुत विरुद्ध राष्ट्रिय अभियानका संयोजक कर्ण विश्वकर्मा, भिम आर्मी नेपालका संयोजक शुनिल राम, युवा अभियानकी संगिता कुमारी राम, दलित मुक्ति अभियानका संयोजक कृष्ण विश्वकर्मा लगायतका सदस्यहरु रहेका छन ।

Shivam Cement
बैठकले सम्मेलन सम्पन्न गर्न विभिन्न पाँच वटा उपसमिति निर्माण गरेको छ । ती उपसमितिहरुमा डा. निर्मल विश्वकर्माको संयोजकत्वमा दलित मुक्ति विचार निर्माण, अग्निशिखाको संयोजकत्वमा आर्थिक, सरोजदिलु विश्वकर्माको संयोजकत्वमा व्यवस्थापन, रेम विश्वकर्माको संयोजकत्वमा प्रचार प्रसार तथा मिडिया परिचालन, प्रकाश प्रतिकको संयोजकत्वमा युवा परिचालन र शुनिल रामको संयोजकत्वमा संघ संगठन र जन परिचालन समिती गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank