भोटेकोशी बाढी : १३४४ जनाको शव फेला, ५ हजार सम्पर्कविहीन

काठमाडौँ —  रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म १ हजार ३४४ जनाको मानवीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ५ हजार जना अझै सम्पर्कविहीन छन् ।...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

काठमाडौँ —   महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन्। मानव बेचबिखन तथा ओसारपसारविरुद्धको...

११ दिनपछि त्रिशूली-१ बाट चिनियाँ नागरिककाे जिवितै उद्धार

काठमाडौँ —   भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीले केहीबेरअघि टनेलभित्रबाट ती चिनियाँ नागरिकको सकुशल उद्धार गरेको...

Mahendra agni

सिमान्तकृत

सबै

दलित अभियान्ता खगेन्द्र सुनार पक्राउ

साउन २९, २०८१     |     दलित अनलाइन

काठमाडौँ  —  एक सातादेखि प्रदर्शन गरीरहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झन्डै अढाई २ किलोको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो...

दस्तावेज

सबै

जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस घोषणा

काठमाडौँ — सरकारले छुवाछुत र भेदभावरहित समाज निर्माणमा बल पुर्याउने उद्देश्यले हरेक वर्ष जेठ २१ मा जातीय भदेभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउने घोषणा गरेको छ । समतामूलक,...

 

 

NTC

सांसद

सबै

ग्यास अभाव केही दिनमै हट्छ : मन्त्री यादव

काठमाडौँ —   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको वितरण समस्या केही दिनमै समाधान हुने भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक...

roadblock image

जनप्रतिनिधि

सबै

भिडियो

सबै

काठमाडौं — कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको जानकारी गराए । ‘कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरेका छौँ’, उनले भने, ‘झडपको घटनापछि कैदीबन्दीका आफन्त भेट्न पुगिरहेकाले उहाँहरूलाई भेटघाटको व्यवस्थापन गरिरहेका छौँ ।’

घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आजै बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिनका लागि समिति गठन गरेको छ ।

कारागारमा कैदीबन्दीबीच शुक्रबार राति भएका झडपका घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको थियो ।

घटनामा घाइते भएका ४४ कैदीबन्दीको सेती प्रादेशिक अस्पताल नजिकै  कोरानाकालमा निर्माण गरिएको अस्पतालमा उपचार भइरहेको छ । कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।

यसअघि बिहीबार राति पनि उनीहरूबीच आपसमा हानाहान भएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कारागार पुगेर सम्झाइबुझाई गरेपछि अवस्था समान्य बनेको थियो ।

कारागारका कर्मचारी रामप्रसाद चौधरीले पुन:शुक्रबार राति आपसमा ढुङ्गामुढा हानाहान भएको बताए ।

यसअघि गएको असार २८ गते पनि यहाँ कैदीबन्दीबीच कुटाकुट भएको थियो । कैदीबन्दीको सरुवाबारे मतऐक्यता हुन नसक्दा विवाद उत्पन्न भई झडप हुने गरेको जनाइएको छ । एकसय ५० जना क्षमताको कैलाली कारागारमा हाल छ सय ८० जना  रहेका छन् ।