बलक बल्सटर ओपनिङ ‘बोक्सीको घर’ केकीको करिअरमा चारचाद

दलित अनलाईन २७ बैशाख २०८१, बिहीबार १८:२२

काठमाडौँ — ‘बोक्सीको घर’ अभिनेतृ केकी अधिकारीको करिअरमै उत्कृष्ट ओपनिङ गर्ने फिल्म बनेको छ । पहिलो सप्ताहन्त यो सोसल–थ्रीलर ड्रामाले घरेलु बक्स अफिसमा आक्रामक सुरुवात गर्‍यो ।

फिल्मले शुक्रबार र शनिबार देशब्यापी २ करोड १५ लाख रुपैयाँ ग्रस कमाइ गरेको वितरण कम्पनी टि-फोकले जनाएको छ । कूल २५० शोजमध्ये डेढसय शो हाउसफूल रहेको उल्लेख छ । फिल्मले दुई दिनमै लगानी सुनिश्चित गरेको जनाइएको छ । शनिबार देशभरका हलको अकुपेन्सी ८० देखि शतप्रतिशत देखियो ।

शुक्रबार मध्यान्हदेखि फिल्मले पिकअप लिएको थियो । शनिबार काठमाडौं र मोफसल टेरिटोरीका दुबैतर्फको अकुपेन्सी लगभग समानजस्तो देखियो । काठमाडौंसहित पोखरा, नारायणगढ, बुटवल, बिराटनगर, विर्तामोड र इटहरीमा फिल्मको अकुपेन्सी उच्च देखियो ।

तर, विकडेज (आइतबारदेखि) फिल्मले कस्तो प्रदर्शन गर्नेछ भन्ने कुरा अब अब विशुद्ध ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । ‘बोक्सीको घर’लाई व्यवसायिक भविष्यको लागि माउथ अफ पब्लिसिटी महत्त्वपूर्ण हुनेछ । आइतबार र सोमबारको अकुपेन्सीले यसको आगामी साताको चित्र स्पष्ट पार्नेछ ।

ट्रेलर र गीतबाट फिल्मले पाएको हाइपको प्रभाव ओपनिङमा देखिएको अनुमान छ । ‘बोक्सीको घर’ केकीको लिड रोल रहेको र यति आक्रामक ओपनिङ गरेको पहिलो फिल्म हो । बजारीकरणको शैली, कन्टेन्ट प्रवाह र हाइपको मद्दतमा फिल्मले यति बलियो ओपनिङ गरेको अनुमान छ ।

Mahendra agni

समग्रमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । शनिबार ‘बोक्सीको घर’ हेर्न महिला दर्शकको घुइँचो लागेको देखियो । नेपाली समाजको यथार्थ मनोविज्ञान र त्यो सँग जोडिएको महिला संवेदनासँग फिल्मको सम्बन्ध देखिन्छ । ‘बोक्सीको घर’को यो आक्रामक ओपनिङले अब स्टार हैन, स्क्रिप्ट हिरो भन्दैछ भन्ने पुष्टि गर्छ ।

‘बोक्सीको घर’लाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । केकीले यसमा शीर्ष चरित्र निर्वाह गरेका छन् । सुपला सापकोटा, श्वेच्छा राउत पनि प्रमुख भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank