दलित अधिकारकर्मी राजेश पासवान ३१ औ अधिवक्ता तह लिखित परीक्षामा उतिर्ण

दलित अनलाईन १६ फाल्गुन २०८०, बुधबार १२:५१

काठमाडौँ–  ३१ औँ अधिवक्ता तहको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । नेपाल कानून व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)ले गत  पौषमा सञ्चालन गरेको लिखित परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको हो ।

राज्यको मुल धारबाट बञ्चित जातीय उत्पीडनमा परेका सदियौदेखि पछाडी पारिएको दलित समुदायको हक अधिकार ,न्याय र  समानताका लागि निरन्तर विगत २१ वर्षदेखि क्रियाशील दलित अधिकारकर्मी समाजशास्त्री राजेश पासवान ३१ औ अधिबक्ता तह्को परिक्षामा उतिर्ण भएका छ्न ।

सर्लाही जिल्ला कबिलासी नगरपालिका वार्ड  ८ निवासी राजेश पासवान ३१ औ अधिवक्ता तहको   परिक्षामा उतिर्ण भएका हुन । पासवान बि एड ,एम ए र कानुनमा एल एल बि उतिर्ण गरेका छन् । मधेश प्रदेशमा दलित अधिकारको लागि सधै सक्रिय रुपमा लागि पर्ने पासवान समुदायको लागि प्राज्ञिक ढंगबाट वकालत गदै आएका छन् ।

मौखिक परीक्षा आगामी चैत्र २ गते शुक्रबार र  ३ गते शनिबार हुनेछ । मौखिक परीक्षामा सहभागी हुन अनिवार्य रुपमा शैक्षिक प्रमाणपत्र ल्याउनुपर्ने परिषद्ले जनाएको छ । काठमाडौं बाहिरका परीक्षार्थीहरुको मौखिक परीक्षा सम्बन्धित स्थानका उच्च अदालत बार एसोसियसनमा र काठमाडौं केन्द्रका परीक्षार्थीहरुको काउन्सिलको भवन कुपण्डोलमा हुनेछ । परिक्षाफल नेपाल वार परिषद्को वेवसाइटमा हेर्न सकिन्छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank