प्रेम लामा जसले बेलायतमा रेड कार्पेटसँगै नेपाली चलचित्रको पहिलो सुरुवात गरे

दलित अनलाईन ४ मंसिर २०७५, मंगलवार ००:२७

नेपाली चलचित्रहरुको उपस्थिति विस्तारै अन्र्तराष्ट्रिय बजारहरुमा हुन थालेको छ । खासगरी नेपाली संस्कृति, मैलिकतासँगै थिमम्याटिक इस्यु र फिक्सन राइटिङमा आधारित भएर लेखिएका चलचित्रहरु अन्र्तराष्ट्रिय बजारमा प्रतिस्पर्धामा उत्रिने गर्छन् । तर सोचे जस्तो व्यापार गर्न सक्दैनन् । तर पछिल्लो वर्षहरुमा नेपाली चलचित्रहरुले अन्र्तराष्ट्रिय बजारहरुमा पकड जमाउन थालेका छन् । केही वर्ष अघिमात्रै बेलायतमा नेपाली चलचित्रलाई रेड कार्पेट सुरु गर्ने पहिलो नेपालीमुलका बेलायतबासी प्रेम लामा नेपाली चलचित्रहरुलाई हलमा लगाउने निर्माता तथा डाइरेक्टर हुनुहुन्छ । अक्सफोर्ड कलेजबाट फिल्म सम्बन्धी पढाइ पुरा गर्नुभएका लामाले बेलायतमा मेनिका फिल्म लिएर दर्शकहरुको मन जित्न सफल हुनु भएको थियो । भर्खरै युटर्न फिल्मको चर्चा सेलाउन नपाउँदै फिल्म ऐटिनको व्यस्त हुनुभएका चलचित्र निर्माता एंवम डाइरेक्टर प्रेम लामासँग अनलाइनले गरेको कुराकानीको बाँकी अशं ।

तपाई थिम्याटिक इस्युहरुमा बढी फिल्म बनाउनुहुन्छ किन हो ?
प्राय म सम– सामाहिक फिल्म बनाउँछु । जसलाई म ड्रामाटाइज गरेर अलिकति आधुनिक र फिल्मी पारामा सामाहिक कुराहरुलाई बढी जोड दिएर फिल्म बनाउँछु । मैले निर्माण गर्ने हरेक फिल्महरु हाम्रो जीवनसँग गाँसिएको हुन्छ । त्यस किसिमका चलचित्र निर्माण गर्नु अघि म बढीभन्दा बढी थिम्याटिक इस्युहरुको अध्ययन गर्ने गर्छु । थिम भएको फिल्म दर्शकलाई बुझन् सजिलो हुन्छ । पछिल्लो समय यसलाई अझै मोर्डनाइज गरेर कलरफुल गर्ने परिपाटीमा व्यापकता आएको छ । सबैले थिम्याटिक इस्युहरुमा चलचित्रल बनाउन थाल्नुभएको छ । त्यसले गर्दा नेपाली चलचित्रहरुको अन्र्तराष्ट्रिय बजारीकरण बढ्न थालेको छ । यसले गर्दा मैले निर्माण गर्ने फिल्महरु पनि बढी कलरफुल र इस्युहरुको मात्र क्यारी गरेको हुँ । अहिले फिल्मी बजारमा एउटा नयाँ टे«न नै आएको छ । हाम्रो नेपाली फिल्ममा यी चेन्जेजहरु आउँदै गर्दा मैले पनि यसलाई फलो गर्दै चौथो फिल्मसम्म आइपुग्दा थिम्याटिक इस्युहरुमा बढी भन्दा बढी काम गरेको छु । यसरी पनि मेरो चलचित्र अरुको भन्दा फरक र थिम्याटिक इस्युहरुमा केन्द्रित भएर बन्ने गर्छ । अझै पहिल्लो पटक त मैले सिनेम्याट्रिक हिसाबले समेत चलचित्रलाई अझै बढी कलरफुल बनाएको छु । यसकारण बेलायतमा निर्माण गरिने चलचित्रहरु अरुको भन्दा मेरो फरक धारमा हुन्छ । अनि दर्शकहरुले मन पराउनुहुन्छ ।

अहिले नयाँ चलचित्रमा निकै व्यस्त हुनुहुन्छ, के हो नयाँ चलचित्र ऐटिन ?
ऐटिन भन्दा अघि युटर्न चलचित्रले बेलायतमा निकै दर्शकको मन जित्न सफल भयो । यो चलचित्र नेपालतिर युट्युबमा हेर्न सकिन्छ । ऐटिन चाहि चौथो फिल्म हो । यसमा चाहि मैले सामुहिक जिन्दगीसँंग जीवन्त रहेका घटनाहरुलाई लिएर बनाएको छु । एउटा परिवार घर र अफिस पेशा व्यवसायले गर्दा एकदमै व्यस्त छ । पैसा कमाएर भोलि बच्चाहरुलाई कसरी राख्नुपर्छ भन्ने कुरा व्यवहारिक ज्ञान नहुँदा बालबालिकामा पर्ने असरको कथा छ , चलचित्र ऐटिनमा । समयमा नै टाइम नदिदा आफ्ना छोराछोरीको कस्तो हविगत हुन्छ भन्ने कुरालाई यहाँ प्रस्तुत गरिएको छ । यहाँको कानुनमा आमाले वा बाबाले बच्चालाई कसैले पनि पिट्नै पाउँदैन । यदि पिट्यो भने त्यो एकदमै ठुलो क्रिमिनल केस हुन्छ अभिभावकको लागि । तर कहिलेकाही धेरै मायाको बीच पनि कहिले एउटा सानो रिसले, सानो थप्पडले कति ठुलो हंगामा गर्न सक्छ, यो कानुन भनेको के हो ? भन्ने कुरालाई यसले दर्शाउन खोजेको छ । हरेक आमाले आफनो बच्चालाई थप्पड हान्र्छन भने त्यो आमाको थप्पड होइन , पाठ हो सिक्नुपर्छ । आमाले कहिले पनि आफनो बच्चाको लागि अपराध गर्न सक्दैन । कानुन त्यस्तो भएता पनि एउटी आमाको त्यस्तो इन्टेन्शन हुदैन भन्ने कुरा देखाएको छ । साथै एउटा कानुनले गर्दा एउटा परिवार चाहि कतिसम्म भाँडिन सक्छ भन्ने कुरालाई देखाएको छ । त्यस्तै छोराले बाउलाई पिट्ने प्रवृत्ति पनि छ । युकेका छोराहरुले बाउलाई सजिलैसंग पिट्न सक्छन् तर नेपालमा यो भयो भने एकदमै नराम्रो रुपमा लिइन्छ यसलाई । त्यसलाई यसलाई पनि देखाउन खोजिएको छ । यो अनुसन्धान गरिएर बनाइएको चलचित्र हो ।

यो चौथो चलचित्र ऐटिन बन्दै गर्दा अघिका तीन ओटा चलचित्रमा दर्शकको कस्तो फिडब्याक पाउनुभयो ?
धेरै नै राम्रो सुझावहरु छन् । यसमा नेगेटिभ र पोजेटिभ भन्ने दुई वटा धार हुन्छ । त्यसमा थोरै नेगेटिभ थियो होला तर धेरै पोजेटिभ नै थियो । फिडब्याकहरु, प्रंशसा पाए त्यसमा म धेरै खुशी छु । यो नै एन्ड होइन । यो त एउटा सुरुवात मात्र हो । फिल्म विधालाई लिएर मैले फिल्म बनाउने बेलामा युकेमा फिल्मको नाम पनि थिएन । कसैले पनि नेपाली फिल्म हेर्दा नी हेर्ने थिएन । मतलब नै थिएन । नेपालीको पनि फिल्म हुन्छ भन्ने कसैलाई थाहा नै थिएन । कता कता तामाङ सेलो, लोक गीतहरु सुनिन्थ्यो । जब मैले फिल्म बनाएर प्रिमियर गरेँ त्यसपछिबाट युकेमा पनि नेपाली फिल्महरु हेर्ने मान्छेहरु रहेछ भन्ने लाग्यो, हल्ला चल्यो । बिस्तारै आफुले बनाउने क्रम पनि अघि बढ्यो । र त्यही सिलसिलामा नेपालमा रहेका डाइरेक्टरहरुले पनि नेपाली फिल्महरु ल्याएर देखाउन थाल्नुभयो । र हुँदाहुदा अहिले रेड कार्पेट भन्ने मैले सुरु गरेको थिएँ, अहिले त्यो रेड कार्पेटको टे«न नै बसेको छ । नेपालमा फिल्म बनेको हुन्छ । लन्डनमा ल्याएर त्यसलाई रेड कार्पेट गर्ने भन्ने गरिन्छ । खुशी लाग्छ । त्यो मैले चालेको एउटा सुरुवात, कन्सेप्ट थियो । भलै मेरो फिल्म टफ बनेनन् होला । सम्पूर्ण नेपाली तथा विदेशीलाई तान्ने खालको बनेन होला तर पनि मैले चालेका कदममा नेपाली फिल्महरु रेड कार्पेट हुदै युकेको प्रिमियर हुनु खुशीको कुरा हो । मलाई पहिलो फिल्म बनाउदा धेरै नै राम्रो फिडब्याक आएकाले मैले दोस्रो फिल्म कसुर बनाएँ जहा मैले धेरै नै राम्रो फिडब्याकहरु पनि पाएँ । फिल्ममा मैले एउटा परिवारमा पैसा मात्र ठुलो कुरा होइन, पैसा भएको परिवारमा पनि टाइम दिन सकिएन भने बच्चाहरु बिग्रन सक्छ, ड्रग एबयुजलाई लिएर बनाएको फिल्म हो कसुर । त्यसलाई युवापुस्ताले धेरै नै मन पराउनुभयो । यस्ता कथावस्तुहरुले समाजलाई झनै राम्रो संग बुझन सहयोग गर्नेरहेछ भन्ने लाग्यो र यसले मलाई झन् उर्जा थपिदियो । त्यसपछि मैले युटर्न भन्ने तेस्रो फिल्म बनाएँ । यसमा मैले जति लगानी गरेँ त्यति उठेन । यो मेरो आफनै लगानी गर्छु, मसंग कुनै पार्टनसिपमा निर्माता टिमहरु कोही पनि हुनुहुन्न । म आफै फण्ड गर्छु यसलाई । यसमा मलाई खुशी छ की यसमा मैले देखाउन खोजेका कुराहरु म देखाउन सक्छु , उहाँहरुले मलाई बुझन पाउनुभएको छ । हाम्रो आफनो समाजको लागि , नेपालीको लागि के गर्नुपर्छ भन्नेको लागि पनि मैले एकपछि अर्को बनाइरहेको छु ।

नेपाली चलचित्रहरुले विदेशमा विस्तारै हलहरु पाउँदै छन् । निर्माता तथा डाइरेक्टरको आखाँबाट भन्दा कस्ता चलचित्रहरु बन्नुपर्छ ?
चलचित्र समाजलाई चित्रण गर्ने एउटा ऐना हो । व्यक्तिभित्र लुकेको कुरालाई , उसको अभिव्यत्तिलाई एउटा रियालिटीमा देखाइदिने एउटा माध्यम पनि हो । चलचित्र एउटा माध्यमबाटै जहाँ उसभित्रका सन्देशहरु सजिलैसँग सबैमा पुर्याउन सकिन्छ । र चलचित्र एउटा हाम्रो सिंगो जनजीवनको एउटा प्रतिविम्ब र एउटा ऐना हो । त्यसकारण पनि चलचित्र निर्माण गर्नुभन्दा अघि राम्रोसँग विषयवस्तुहरुको अध्ययन हुनु जरुरी छ । अनि चलचित्रभित्रको कथा नै चलचित्रको मियो भएको हुनाले राम्रो चलचित्र बनाउनु भनेकै राम्रो कथालाई सिनेम्याट्रिक ढंगबाट बनाउनु हो । कल्चरल र जिनिरेसनल हुन्छ । केहि मात्रामा धार्मिक दृष्टिले पनि अलि फरक किसीमले अति नै रुचाएको पनि पाउछौ हामी । किनभने फिक्सिन, ड्रामाहरु त सबैले सधै देखिरहेकै हुन्छन् । जब हामी हाम्रो देश नेपालबाट फिल्म बन्दछ आफनै मौलिकतामा रहेर फिल्म बनेको छ भने त्यसले विदेशमा राम्रो स्थान पाउनसक्छ । पछिल्लो पटक विभिन्न थिम र कल्चरल विषयवस्तुमा बनेका चलचित्रहरु बढी दर्शकको रोजाइमा पर्नसक्छ । दर्शकहरुले खोजेको कथालाई चलचित्रहरुले समात्दै गए पक्कै नेपाली चलचित्रहरुले जुनसुकै देशमा पनि राम्रो प्रभाव पार्न सक्छ ।

धेरै ठूला लगानीमा चलचित्र बनाउने र एक वा दुई पटक चलचित्र बनाएपछि विस्थापित हुने प्रवृति पनि बढी छ, कतिको जोखिमयुक्त काम हुन सक्छ ?
पक्कै पनि राम्रो विषयबस्तु नभए पनि कलफुल बनाउने निहुँमा धेरै लगानी गरेर निर्माताहरु लाइन लगाए पनि चलचित्र बन्ने गरेका छन् । तर हलमा पुगेको फिल्म पनि एक हप्ता नहुँदै हटाउनुपर्ने बाध्यता हामी आफैले गरेका हुन्छौं । यो कुराहरु टेक्निकल्ली र प्राक्टिकल्ली ठिक हुनुपर्यो । फिल्म जगतमा यो अहिले राम्रैसंग अघि बढिरहेको छ । अहिले हामीले धेरै भन्दा धेरै राम्रो फिल्महरु हेर्न पाइरहेका छौं । यसको एउटा परिणाम पनि हो । उहाँहरुको एउटा बेजोड किसिमको नयाँ नयाँ अन्वेषण , खोजमुलक कारणबाट नै भइरहेको छ । र पनि राम्रो डाइरेक्टरहरु पलायन हुनुपर्ने अझै यथास्थिति छ । यसलाई रोक्नका लागि संघर्ष गरिरहेका हामी जस्ता डाइरेक्टरहरुलाई पनि राज्यशत्ताबाट एउटा पहल हुनुपर्छ । विदेशी फिल्महरुलाई निरुत्साहित हुने खालका योजनाहरु हुनुपर्छ , नियम हुनुपर्छ । मैले आफैले पनि फिल्म चलाउँदा त्यस किसीमको व्यवहारहरु भोगेको छु । नेपाली फिल्मलाई बढि भन्दा बढि प्राथमिकता दिनुपर्छ । जसले गर्दा नेपाली फिल्मलाई मन नपराउनेहरु वास्तवमा कोहि पनि छैनन् होला ।

नेपाल र बेलायतवासीका लागि नेपालीे चलचित्रको अन्तरसम्बन्ध कस्तो छ ?
अहिले यहाँको युके नेपालीहरु निकै नै उत्साहित देख्छु म । अहिले नेपाली फिल्महरु यतिसम्म पाइयो की, नेपाली फिल्म हेर्न जानुपर्छ भनेर डे अफ लिएको पनि पाइयो । जुन एउटा एकदमै राम्रो खुशीको कुरा हो । युकेका नेपालीहरुले नेपालमा बनिरहेका नेपाली फिल्महरुप्रति सकारात्मक सोच छ , सकारात्मक विचार र भोलिको दिनमा अझै यो भन्दा राम्रो फिल्महरु बन्छन् भन्ने आशाा रहेको म देख्छु । अहिले नेपाली फिल्मले धेरै राम्रो गरिरहेको कुराहरुलाई उहाँहरुले लिइरहनुभएको छ । नेपाली फिल्महरुलाई मन पराइहरनुभएको छ ।

तपाइले बनाउनुभएको फिल्ममा दर्शकले कस्तो खालको कुराहरु पाउँछन् जस्तो लाग्छ ?
मैले यस फिल्मलाई २ वटा हिसाबले निर्माण गरेको हुँ । पहिलो यसमा मिडल एजका व्यक्तिहरु र टिनएजका बच्चाहरु । यो मेरो जुन प्रस्तुती छ यी हुँदाहुँदै पनि मैले यसलाई अलि कमर्सियलाइज गरेको छु । यसलाई मैले अलिकति फिल्मी, अलिकति ड्रामाटाइज गरेको छु । एउटा सिनेम्याट्रिक फिल्ड त हुनुपर्छ भनेर गरेको छु । त्यति गदैगर्दा पनि यसका कथावस्तुहरु एउटा समाजमा घट्ने घटनाहरुलाई लिएर , कथालाई लिएर गरेको छु । मलाई लाग्छ म निरन्तर रुपमा छु र म पनि आशावादी छु की केहि दिन विस्तारै दर्शकहरुमा मेरो एउटा प्रोडक्शन हुन्छ , निर्माण हुन्छ यी कुराहरुलाई दर्शक माझ विस्तारै बानी बसाउदै लैजान सक्छु । र पछि गएर उहाँहरुले एकपछि अर्को फिल्म उहाको कस्तो हुन्छ भन्ने त्यस किसीमको कुराहरुलाई बढाउदै लैजानेछु । र पछि गएर दर्शकहरुमा राम्रो छाप छोड्न सक्छु भन्ने विश्वास छ र त्यही विश्वासले पनि मैले बनाइरहेको छु ।

चौथो फिल्म ऐटिनलाई दर्शकले कहिलेदेखि हेर्न सक्नुहुन्छ ? कहाँ कहाँ लाग्दै छ फिल्म ?
यो मैले अहिले फ्रान्स, बेल्जियम, पोर्चुगल, पोल्यान्डको लागि चाहि अलरेडी बुक भइसकेको छ भने इटलीको लागि कुरा भइरहेको छ साथीहरुबाट । न्युयोर्कमा त अलरेडी बुक भइसकेको नै छ त्यहा ४ वटा शो बुक भइसकेको नै छ । अब अहिले युकेमा चाहि मिनिमम पनि ७ वटा भेन्युमा देखाउने काम हुनेछ ।

चौथो फिल्म ऐटिन किन हेर्ने दर्शकले ?
म यहाँहरुलाई फेरी पनि अनुरोध गर्न चाहन्छु की यसकारण यो ऐटिन चलचित्र आम नेपालीहरुले हेर्नुपर्छ कि यो फिल्मले एउटा आमा बाबुको हेरचाह विना हुर्किएको बालबच्चाले बाबु आमाले चाहेजस्तो बनाउन सकिदैनन । अझै सम्पुर्ण नेपाली र नन नेपाली दर्शकहहरुलाई म हृदयदेखि अनुरोध गर्न चाहन्छु । हामीले यो फिल्म एउटा पारिवारिक फिल्म बनाएका छौं । जहाँ एउटा साधारण परिवारमा पनि एउटा सानो मिस्टेकको कारणले गर्दा कति ठुलो रिस्क आउन सक्छ फेमिलीमा । त्यो सानो कुराले चाहि कति ठुलो विध्वंश गर्न सक्छ समाजमा , एउटा व्यक्तिको जीवनमा । त्यस्तो खालको मिस्टेकहरु नदोहोरियोस्, नहोस् भन्ने हेतुले हामीले यो फिल्म बनाएका छौं । यो फिल्म एकदमै इमोश्नल छ । म आफै पनि डाइरेक्टर भएको हुनाले र म आफैले पनि यसलाई एडिट गदैगर्दा पनि कति ठाउँहरुमा मलाई अनायासै आँशु आउछ र आएको थियो । कलाकार साथीहरुले यो फिल्ममा यति न्याय दिनुभएको छ । फिल्म एकदमै राम्रो बनेको छ । त्यस्तै गीत पनि एकदमै राम्रो बनेको र यो गीत हामी अर्को हप्ता रिलिज गर्ने, प्रेस मीट गर्ने भनेका छौं । यो फिल्म आमा छोराको , बाबा छोराको , बाबा आमाबीचको सम्बन्ध र समाजका अरुबाट देखिने दृष्टि यी कुराहरुलाई संयोजन गरेर हामीले एकदमै राम्रो फिल्म बनाएका छौं । हामीले यो फिल्मलाई २७ अफ जनवरीमा एम्पाएर हलमा ग्रयान्ड प्रिमियर गर्ने भनेर भनेका छौं । हामी सम्पूर्ण युकेवासीलाई, नन युकेवासी सम्पूर्ण नेपालीहरुलाई हृदयदेखि अनुरोध गर्न चाहन्छु । आउनुस् , सपोर्ट गर्नुस हामीलाई । हाम्रो फिल्म आएर हेर्दिनुस् । यहाँहरुलाई नै सम्झेर बनाएको फिल्म हो । यहाँहरुकै जीवन चरित्रलाई वास्तवमा रियल हिरो हिरोइन, रियल क्यारेक्टर त यहाँहरु नै हो । यहाँहरुबाट नै प्रतिबिम्वित भएर आएपछि बल्ल हामीले पर्दामा उतार्ने कोशिस गरेका र्छौं । यो यहाँहरुकै कथा हो, आउनुस्, हेर्नुस् । प्लिज हामीलाई सहयोग गर्नुस् । तपाइहरुले गर्नुभएन भने कसले गर्ने, यो हाम्रो हो भन्ने अनुरोध गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank