नेकपा महासचिव विप्लव र प्रकाण्डविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

दलित अनलाईन १६ श्रावण २०७९, सोमबार १०:४१

काठमाडौं — जिल्ला अदालतले ललितपुर नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

जिल्ला अदालत ललितपुरले हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।

विप्लवसँगै नेकापाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउनेलगायतका नेता–कार्यकर्ताविरुद्ध पनि जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी काटेको छ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन उनीहरूलाई भनिएको छ। अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी पनि दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank