नवनियुक्त पाँच राजदूतले लिए पद तथा गोपनीयताको शपथ

दलित अनलाईन १७ पुष २०८१, बुधबार १२:२८

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले पोर्चुगल, मलेसिया, दक्षिण अफ्रिका, बेल्जियम र डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

राजदूतहरू प्रकाशमणि पौडेल (पोर्चुगल),  डा. नेत्रप्रसाद तिम्सिना (मलेसिया),  प्रा. डा. कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), सेवा लम्साल (बेल्जियम) र सुम्निमा तुलाधर (डेनमार्क) ले पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank