सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ती गोप्य राख्नु हुँदैन : प्रधानमन्त्री

दलित अनलाईन ३ भाद्र २०८०, आईतवार १८:५७

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक ओहोदामा रहेका हरेक व्यक्तिको सम्पत्तीसहितका व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलनको अन्त्य हुनुपर्ने बताएका छन्।

आइतबार १७ औं राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले बोल्दै सरकारी पदमा बसेका हरेक नागरिकको सम्पत्तीसहित व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलनको अन्त्यका लागि कानुनी व्यवस्था गर्न जरुरी रहेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले राज्यमा भ्रष्टाचार नियन्त्रणका सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक रहेको औंल्याए। उनले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिमा आधारित ब्लकचेन टेक्नोलोजीको अध्ययन आवश्यक रहेको बताए।

‘सार्वजनिक निकायमा घुस,ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहार जस्ता विषयमा सूचना दिन उत्प्रेरित गर्न सूचनाको साक्षी संरक्षण सम्बन्धी कानुनी व्यवस्था गर्न जरूरी भइसकेको छ,उनले भने,’ विश्वमा भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ब्लकचेन टेक्नोलोजीको पनि हामीले अध्ययन गर्न आवश्यक छ । ‘

प्रधानमन्त्री दाहालले सूचना आयोगलाई अझै बलियो र सशक्त बनाउन आफ्नो पहलमा हालै सरकारी भवनको व्यवस्था गरिएको दावी गरे । आयोगलाई अझै सशक्त बनाउन यसको संरचनात्मक सुधार आवश्यक रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank