दलित महिलाबाट पहिलो सीडीओ बनिन् सीता परियार

दलित अनलाईन ५ फाल्गुन २०७८, बिहीबार २२:३९

काठमाडौँ — दलित समुदायका महिलाबाट सीता परियार  पहिलो प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी छन्

भक्तपुर जिल्ला प्रशासनमा सहायक (सीडीओ)को रुपमा कुशल भूमिका निर्वाह गरेकी परियारलाई गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएको हो ।

दलित समुदायभित्र परियारबाट सीडीओ बन्ने पहिलो महिला हुन् ।दलित समुदायका पुरुषहरू यसअघि पनि सीडीओ बनिसकेका छन् । डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनार सिडिओ बनिसकेका छन् ।

निजामती सेवामा शाखा अधिकृतबाट प्रवेश गरेकी कास्की रुपा गाउँपालिका–१ की सीता परियार निजामती सेवामा राम्रो अनुभव संगालेकी कुशल प्रशासक हुन् । सिडिओ सीता परियारले तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत काम गरिसकेकी छन् । परियारले धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank