होशियार : सेतु विकको टाउको फोर्ने निरंकुशतन्त्रका गुलामहरु

दलित अनलाईन १९ जेष्ठ २०७९, बिहीबार २२:०३

काठमाडौँ — निरंकुश तानाशाही राजतन्त्र विरुद्ध लाखौं नेपाली जनताको रगत पसिना र ज्यानकै वलिदानबाट प्राप्त उपलब्धी हो अहिलेको राजनैतिक परिवर्तन ।  कसैको दया–धर्मले दिएको वा गुलामी गरेर महाराजहरुको बाहुलीबाट बक्सिस दिई बक्सेको होईन ।

कुनै दिन थियो पुजा पाठ गरेर , बोको वली चढाएर राज–काज चल्ने । अनि महाराजहरुको पुर्णतः हनुमान हुँदै पाउ ढोकेर पद प्राप्त गर्दै र गरिव निमुखा जनता माथि छोटे राजा बन्दै भौतिक, आर्थिक र सामाजिक रुपमा कोर्रा लगाउने ।

आज नेपालगन्जमा महाराजहरुको चाकरीका लागि सेतु विकको निर्जीव टाउको फोर्नेहरुले यहि बुझुन कि अब ती कोर्राका जमानाहरु गए । तिम्रो र तिम्रा महाराजहरुको शासन चलुन्जेल सेतु विकहरुले बाँचुन्जेल हरेक प्रकारको कोर्रा खाएकै हुन् । अब मरे, मरे पछि अझ भनौ परिवर्तनका खातिर वलिदानी दिएपछि पनि उनै जिउँदो छँदाका महाराजाको पालामा जस्तै तिमीहरुले कोर्रा हान्दैछौं । जहाँ सम्म लाग्छ महाराजहरुले केहि विराएका थिएनन् ।

यो देश, र सामाजिक सहिष्णुता तिमीहरु जस्तै हनुमन्तेहरुले विगारेका हुन् । महाराजहरु आफुलाई मानव ठान्थे । जसलाई बिष्णुको अवतार मानेर महिलाहरुलाई समेत पाउ छुन लगाउने तिमीहरु नै हौं । महाराजहरु दलितहरुलाई पनि सेनामा भर्ती गरेर युद्ध कला सिकाउने , देशको सुरक्षामा तैनाथ गराउन खोजेका थिए । त्यहाँ भित्र लगेर युद्धकला होईन । कामीको छोरालाई आरन, दमाईको छोरालाई कपडा सिलाउने र सार्कीको छोरालाई जुत्ता सिलाउने मेशिनको काम बाहेक अरु दिन्न हुन्न महाराज भनेर उक्साउनेहरु पनि तिमीहरु हौं । तिमीहरुलाई आमाकै गर्भमा कर्नेल र जर्नेल चाहिने अरुलाई भने जात विशेषको काम गर्नपर्छ भनेर उसको सेना भित्र पनि श्रम शोषण र चरम जातिय विभेद गर्ने तिमीहरु नै हौं । त्यति मात्र होईन प्रहरी देखि कर्मचारीतन्त्रमा पनि त्यही कुरा लादौ ।

अहिले जमाना बदलिइएको छ । सेना , प्रहरी देखि कर्मचारी तन्त्रमा पनि त्यो तिमीले हुर्काएको संस्कारको लगभग अन्त्य भएको छ र पछाडी परेका वर्गको लागि भर्खर आशाको दियो बल्न थालेको छ । यहि दियो वलिरहेकै बेला फेरी तिमी हनुमन्तेहरु जसरी जुकाहरु दशवटा टुक्रा पारे पनि एक एक टुक्रा सल्बलाउँछ त्यसरी नै सल्बलाउँदै छौं । रगत चुस्ने जुकाहरु सबैलाई थाहा छ कि सं आगो नझोसेर नडढाए सम्म मर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank