राष्ट्रिय हरवाचरवा अधिकार मन्चको दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न

दलित अनलाईन १० माघ २०७७, शनिबार १३:१२

काठमाडौ — ‘हरवाचरवा प्रथाको अन्त्य गर, भूमिसहित न्यायपूर्ण पुनःस्थापना गर’ भन्ने मुल नाराका साथ राष्ट्रिय हरवाचरवा अधिकार मन्चको दोश्रो राष्ट्रिय सम्मेलनले ११ बुंदे लाहान घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

राष्ट्रिय हरवाचरवा अधिकार मन्चको दोश्रो राष्ट्रिय सम्मेलन  (माघ ९ गते शुक्रबार) ले दशनलाल मण्डललाई अध्यक्ष निर्वाचित गदै ११ वुँदे लहान घोषणा पत्र जारी गरी सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको उदघाटन बोल्दै सामाजिक विकास समितिका सभापति जयनुल राइनले संघीय लोकतान्त्रिक व्यवस्थामा समेत हरवाचरवा जस्ता दासप्रथाका अवशेषहरु कायम रहनु लज्जाजनक अवस्था भएको स्वीकार गरे । मधेश विद्रोहको जगबाट निर्माण भएको प्रदेश २ को सरकारले तत्काल हरवाचरवा मुक्तिको घोषणा गरी न्यायिक पुनःस्थापना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘आफू सामाजिक विकास समितिको सभापति हुनुको नाताले दलित सशक्तिकरण ऐन ल्याउन पहल गरेझैं हरवाचरवा मुक्तिको लागि पहल गर्ने प्रतिबद्धता छ । ’
राइनले सबै खाले प्रथाको अन्त्यसंगै पुनःस्थापनाका लागि वितरण गर्नुपर्ने जमिनका सन्दर्भमा संघीय सरकार र प्रदेश सरकार प्रदेशसभा सांसद  सुनिता रामले आफू यही दलित भूमिहिन तथा हरवाचरवाको प्रतिनीधित्व गर्दै सांसद भएको हुनाले मुक्तिको लागि अन्तिमसम्म लड्ने र नेतृत्वदायी भूमिका लिन आफ्नो पार्टीको सरकारसँग पहल गर्ने प्रतिबद्धता जाहेर गरिनन् ।

कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश विकेले कमैया र हलियाको मुक्ति भइसकेको सन्दर्भमा हरवाचरवाको समेत तत्काल मुक्तिको घोषणा हुनुपर्नेमा जोड दिए । अध्यक्ष विकेले प्रदेश सांसदहरुले पहलमा संकल्प प्रस्ताव दर्ता गर्न सुझाव दिए ।

द फ्रिडम फण्डका प्रतिनीधि अधिवक्ता बालाराम भट्टराईले जसपाको नेतृत्वमा प्रदेश सरकार भएकोले हरवाचरवाको मुक्ति र न्यायिक पुनःस्थापना गरेर राजनीतिक जस लिनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा हरवाचरवाका अगुवाहरु ले आफ्ना पीडा र आक्रोस व्यक्त गरे । सम्मेलनले ११ बुंदे लहान घोषणा पत्र जारी गर्दै दशनलाल मण्डलको अध्यक्षतमा ११ सदस्यीय राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ ।
उपाध्यक्षमा श्रीप्रसाद सदा, महासचिवमा लागेन्द्र सदा, सहसचिवमा रामदयाल सदा र कोषाध्यक्षमा राजवतीदेवी मण्डल निर्वाचित भएका छन् । सदस्यहरुमा आशा खातुन, गीतादेवी सदा, आशादेवी पासवान, सुमित्रादेवी खंग र सुनितादेवी सदा चयन भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank