नवराज विक हत्या प्रकरण : कारबाहीको माग गर्दै किर्तिपुरमा प्रर्दशन (फोटो फिचर)

दलित अनलाईन १३ जेष्ठ २०७७, मंगलवार २१:०५

काठमाडौं–रुकुम पश्चिममा अन्तरजातीय विवाहको निहुँमा सुनियोजित ढंगबाट नवराज विक र थप दुईको हत्या गरिएको भन्दै घट्नाको सत्यतथ्य छानवीन गरी हत्यारालाई हदैसम्मको कानूनी कार्वाहीको माग गर्दै किर्तिपुरमा प्रदर्शन भएको छ ।
रुकुम र जाजरकोटमा भएको अन्तरजातिय प्रेम सम्वन्धका कारण नवराज विक लगायत युवाहरुको सामुहिक नरसँहारको विरुद्धमा मंगलबार किर्तिपुरको लोकतान्त्रिक चोकमा प्रदर्शन भएको हो ।
जातीय विभेद तथा दलित माथिको हिंसाको विरुद्धमा गरिएको सो प्रदशर्नमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विधार्थी, युवा राजनैतिककर्मी, साहित्यकार, मानवअधिकारकर्मी, स्थानीय समाजसेवीहरु प्लेकार्ड लिएर शान्तिपूर्ण रुपमा धर्नामा सहभागी भएका थिए । कार्यक्रममा दलित गैरसरकारी सस्था महासघ डिएनएफका उपाध्यक्ष एव अधिकारकर्मी सुशील विके, नागरिक अधिकारकर्मी तेज सुनार, विद्यार्थी नेताहरु रवि सेन्चुरी, रामलाल विश्वकर्मा, लोकेश विश्वकर्मा, प्रेम विक र दिपा नेपाली लगायतका विधार्थीहरुको उपस्थिति रहेको थियो । त्यसैगरि मानवअधिकारकर्मी डा. पदमप्रसाद खतिबडा, केशरत्न बज्राचार्य र सहित्यकार सङ्गित स्रोता र लेखक बन्दना ढकाल लगायतले कार्यक्रममा एक्यवद्दता जनाएका थिए ।


सहभागीहरुले जातिय आधारमा हत्या कहिले सम्म ? हामी कहिले सम्म मौन बस्ने ? अजित मिजार, नवराज वि.क हरु अझै कति मर्नुपर्ने, अन्तरजातिय विवाहको नाममा अझै कति युवायुवतीले आफ्ना ज्यानको आहुति दिनुपर्ने जस्ता नारा लेखिएका प्लेकार्ड लिएर विरोध गरेका थिए । २१ औं शताब्दीमा पनि हाम्रो समाज मनुवादी सोचबाट माथि उठ्न नसकेकाले समाजमा दलित समुदाय साथै दलित समुदायका युवायुवतीहरु माथि विभिन्न नाममा हत्याहिंसा, कुटपिट, यातना, अत्याचारले अझै पनि हाम्रो समाज ढुङ्गे युगमा नै रहेको छ ।
गणतान्त्रिक नेपालमा रुकुमको मानवता विरुद्धको घटनाले दलित लगायत सम्पुर्ण न्यायप्रेमी समुदायलाई मर्माहत पारेकोले जतिसक्दो छिटो दोषीलाई कानुनी दायरामा ल्याई कडा कारवाही गर्न र पीडितलाई न्याय दिलाउन सहभागीहरुले माग गरेका थिए । वेपत्ताको खोजी गर्न पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिन, सरकारले वनाएको समितिले निष्पक्ष रुपमा जाँचबुझ गरी सत्यतथ्य वाहिर ल्याउन, घटनालाई राजनीतिकरण नगर्न सहभागीको माग थियो । यदि सरकारले यस घटनालाई कुनै वहानामा चलखेल गरी दोषीलाई उम्काउन खोजे त्यसका विरुद्ध अझ शसक्त रुपमा आन्दोलन अगाडी बढाउने चेतावनी दिदै कार्यक्रमका संयोजक रवि सेन्चुरीले आन्दोलन दलितको मात्र नभएर न्यायप्रेमी सबैको भएकोले जातिय कुसंस्कारका विरुद्ध एकजुट भएर लड्नका निम्ति अनुरोध गरेका थिए । कार्यक्रमको संयोजन तथा पहलकदमी विद्यार्थी नेताहरु रवि सेन्चुरी र रामलाल राजवंशी विश्वकर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank