काठमाडौं — मुलुकको जेठो राजनीतिक दल नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनको संघारमा छ । सो सन्दर्भमा विभिन्न नेताहरुले विभिन्न पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।
नेपाली कांग्रेसमा लामो समयदेखि आवद्ध मान बहादुर नेपाली पनि समावेशी दलित तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।
मुसीकोट बहुमुखी क्यापसबाट २०५१ सालको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएर काम गरिसकका मानबहादुर नेपाली कांग्रेसभित्र युवा नेताहरुले रुचाएका नेता हो ।
कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेता नेपालीलाई पार्टी भित्र सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही लगाएतका नेताहरुको साथ समर्थन छ ।
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत उनी प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट केन्द्रीय सदस्य (दलित समावेशी) मा शनिबार मनोनयन दर्ता गरे संगै उनको पक्षमा जवरजस्ती माहोल देखिएको छ ।
२०५२ सालमा नेपाल विद्यार्थी संघ रुकुमको सभापति, २०५४ सालमा तरुण दलको जिल्ला सस्थापक सभापति, २०५६ मा दलित संघको केन्द्रीय सदस्य र २०५७ मा पार्टीको जिल्ला सह सचिव भएर काम गरिसकेका छन् । नेपाली काँग्रेसबाट रुकुम पश्चिममा इतिहास रच्ने उदेश्यसहित मैदानमा उत्रिएका नेता मानबहादुर नेपालीको पक्षमा जवरजस्त माहोल देखिएको छ ।
रुकुमका पूर्व जिल्ला सभापति नेपाली दलित समुदायबाट जिल्ला पार्टी सभापति हुने पहिलो ब्यक्ति हुन । नेता नेपाली राष्टिय दलित आयोगका पूर्व अध्यक्षपनि हुन ।
उम्मेदवारी दिएपछि उनको पक्षमा प्रतिनिधिहरु उत्हसाहित हुँदै नाराबाजी गर्दै समर्थनमा काठमाडौंको भृकुटीमण्डपमा परिक्रर्मा गरेका थिए । मेची महाकाली के भन्छ, मानबहादुरले जिताँउ भन्छ, भन्ने जस्ता नारा लगाउँदै मतदाता परिक्रर्मा गर्नुले मानबहादुर नेपालीको पक्षमा जवरजस्त माहोल निर्माण भएको देखिन्थ्यो । हालसम्म रुकुमबाट कुनैपनि नेता केन्द्रीय सदस्य नबनेको हुँदा नेता नेपालीले यस पटक इतिहास रच्ने प्रबल संभावना रहेको मतदाताहरुले बताएका छन् ।
Leave a Reply