कारभित्र अर्धनग्न अवस्थामा तीन बालकको शवहरु भेटिनु शंकास्पद : राष्ट्रिय  दलित आयोग

दलित अनलाईन १९ बैशाख २०७८, आईतवार २०:४४

काठमाडौं — दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको कारभित्र मृत अवस्थामा फेला परेका तीनजना बालकको पहिचान खुलेको छ । उनीहरू तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाउँका रहेको खुल्न आएको प्रहरीले बताएको छ । मृतकमध्ये दुईजना सहोदर दाजु भाइका छोराहरु हुन् ।

बरुवागाउँ निवासी किरण परियारका छोरा ६ वर्षीय करण परियार, सोही ठाउँकै सञ्तोष परियारका छोरा ७ वर्षीय सुवाश भनिने सुवर्ण परियार र सोही ठाउँकै भीमबहादुर परियारको छोरा ९ सन्दिप परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि शनिबार राति अबेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको हो । घटनाको अनुसन्धानका लागि कुकुरसहितको विशेष टोलीले अनुसन्धान थालेको छ । नेपालगञ्जबाट आएको कुकुरसहितको प्रहरीको विशेष टोलीले घटनाको अनुसन्धान सुरु गरेको दाङका एसपी गणेश चन्दले जान्कारी दिए ।

तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेटको कारमा शनिबार बेलुका तीनवटा शव फेला परेको थियो । पार्किङ्ग गरिएको भारतीय नम्बर प्लेट जे ०१ सिसि ०८८५ नम्बरको निशानको कारभित्र शव भेटिएको हो । आफन्तका अनुसार ती बालक वैशाख १६ गतेदेखि हराइरहेका थिए ।

यसैबीच

पार्किङमा रहेको भारतीय नम्बर प्लेटको कार भित्र तीन बालक मृत फेला परेपछि प्रहरीले दुई जना विरूद्ध ज्यान मुद्दा चलाएको छ। कार धनी यादवप्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई आइतबार ज्यान मारेको अभियोगमा मुद्दा चलाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले बताए ।

प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ३३ वर्षका गैरे र सोही वडाका ५७ वर्षीय चालक बस्नेतलाई पक्राउ गरि मुद्दा चलाइएको हो। चालक बस्नेत र गाडी धनि गैरेले माघ १ गते आफूहरूले लक गरि गाडी पार्किङमा राखेको हुँदा घटनाबारे अनभिज्ञ रहेको प्रहरीसमक्ष बयान दिएको डिएसपी सिंहले जानकारी दिए ।

घटना रहस्यमय

घटनास्थल नजिकै घर भएका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीया छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण छन् । उनीहरु चार दिन अघि १५ बैशाख मा हराएको भन्दै परिवारले प्रहरीमा खबर गरेका थिए ।
प्रहरीमा जानकारी भएको बालकहरुको कारभित्र भएको हत्या प्रकरण नै रहस्यमय भएको दलित अधिकारकर्मीहरुले बताएका छन् । उनीहरुले घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग समेत गरेका छन् । उनीहरुले दलित समुदायको हत्या सुनियोजित रुपमा गरिएको दलित अधिकारकर्मीहरुले दावी गरेका छन् ।
यस्तै राष्ट्रिय  दलित आयोगकी सदस्य मीन सोवले आयोगको लेटरप्याडमा विज्ञप्ती जारी गदै घटना शंकात्मक रहेको टिप्पणी गरेकी छिन् । सदस्यद्धारा जारी विज्ञप्तीमा भनिएको छ ,सिंग्रो समुदायलाई स्तब्ध बनाउने उक्त घटनाप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ ।
सदस्य मीनादेवी सोवबाट जारी विज्ञप्तीले लक गरिएको कारभित्र नग्न तथा अर्धनग्न अवस्थामा शवहरु भेटिनुले आंशक पैदा गरेको भन्दै नेपाल सरकारसँग घटनाको स्वतन्त्र, निष्पक्ष विश्वसनीय छानविन हुन माग गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank