विद्यालयको बदमासीले जग्गादाताको अवसर खोसियो

दलित अनलाईन ११ बैशाख २०७८, शनिबार २३:१०

दैलेख— राज्यको नीति र कार्यक्रमहरुले दलित, पिछाडिएको क्षेत्र र विपन्नहरुलाई सेवा सुविधा प्रदान गरिने भनिएको छ तर समाजका अगुवाहरुको हैकमवादी मनोवृतिका कारण हुनेखानेहरुले नै राज्यको सेवा, सुविधा र अवसरहरु लिइराखेका छन् ।
यस्तो बदनियतले हुनेखानेलाई राज्यको सुविधा दिलाउने प्रयास दैलेखको नारायण नगरपालिका–४ सोतको जनकल्याण प्राविको बाल विकास सहजकर्ता छनौट प्रक्रियामा देखिएको छ । बाल विकास सहजकर्ता छनौट प्रक्रियामा भएको हस्तक्षेपको घटनाले त्यो विद्यालयको बदमासीहरु सार्वजनिक भएका छ ।
चैत ७ गते १५ दिनको सूचनाले दरखास्त दिएका उम्मेदवारहरुले विद्यालयको लागि जग्गा दिएका जग्गादाताको परिवारकी सुनिता विकलाई सबैले अवसर दिने निधो गरी नारायण नगरपालिका–४ का वडासदस्य तीर्थबहादुर कटुवालले रोकावट गरेपछि यी कुरा बाहिर आएका हुन् ।
वडासदस्य कटुवालले आफन्तलाई त्यो ठाउँमा नियुक्त गराउने प्रपञ्च गरेपछि विद्यालयको जग्गा पूर्जा खोजी गर्दा ७ वर्ष अघि १ सय वर्गमिटर मागेर जालझेल गरी जग्गा ५ सय वर्गमिटर विद्यालयको नाममा पास गरेको थाहा भएको हो ।
सामान्य खर्च दिनुपर्छ भनि तत्कालिन प्रअ भक्तबहादुर कठायत, विद्यालय व्यवस्था समितिका अध्यक्ष हरिबहादुर सार्की, अहिलेका वडासदस्य कठायत समेतले जग्गावाला धनबहादुर विकलाई ६ हजार दिएका तर १५ हजार रुपैंयाँ दिएको नक्कली भरपाई समेत खडा गरिएको फेला परेको छ ।
विद्यालयका लागि जग्गा पास गरेको ७ वर्षमा पनि जग्गाधनीलाई पूर्जा नदिएको कारण मालपोत कार्यालय दैलेखबाट रजिष्टेशन पासको प्रतिलिपि लिंदा यी कुरा पत्ता लागेको हुन् ।
‘आफ्नै समुदायको लागि जग्गा दिनु परोपकारी काम हो दिनुस् भविष्यमा कुनै रोजगारीका अवसर हुँदा तपाईँकै परिवारलाई अवसर दिउँला’ भनि सहमतिमा १ सय वर्गमिटर मात्र चाहियो भनेर ५ वर्गमिटर काटेछन् धनबहादुरकी पत्नी अमृता विकले बताइन् ।
स्थानीय बसन्त सार्की, लक्षे थापा, गंगाराम खड्का लगायतले कर काप गरी अमृता उपचारको लागि भारतमा गएको मौका पारी साह्रै सोझासिधा धनबहादुर विकबाट जग्गा फुत्काएको अमृताको आरोप छ ।
यसबारे विद्यालयका वर्तमान प्रअ गंगाराम जैसीले पुरानो कुरा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । वडासदस्य कठायतले फोन नउठाएपछि गरिएको एसएमएसको पनि जवाफ फर्काएनन् ।
सोझो सिधा दलितलाई झुक्याएर १ सय मिटर मात्रै चाहियो भनेर ५ सय वर्गमिटर जग्गा लिएको र अहिले हाम्रो परिवारका मान्छेलाई बाल विकास केन्द्रको सहजकर्ता दिनै इन्कार गर्छन् भने विद्यालयको प्रांगणमा यो वर्ष मकै खेती गर्ने अमृताकी देवरानी पदमा विकले सुनाइन् ।
२०६५ सालबाट सुरु भएको जनकल्याण प्राविका लागि विद्यालय स्वीकृति लिंदा वडा नं. ५ की पूर्णा खत्रीले दिएको जग्गा खोला पारी भएकोले धनबहादुर विकको जग्गा प्रयोग गरेका हुन् ।
दुई जना शिक्षक गंगाराम जैसी, विमला खत्री र कार्यालय सहयोगी हस्तबहादुर कटुवालले विद्यालय सञ्चालन गरेका छन् । त्यही विद्यालयमा सञ्चालन भएको बाल विकास केन्द्रका सहजकर्ता कमला वादी सदरमुकामको बाल मन्दिरमा सरुवा भएपछि सहजकर्ता पदमा उक्त विज्ञापन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank