बुद्धको जन्म नै मानव मानव वीच धर्म, संस्कृतिका नाममा समाजले निमार्ण गरेका विभेदका श्रृंखालाहरुलाई भत्काएर
समानता, स्वतन्त्रता र बन्धुत्वको जगमा टेकेको मानवतावादी समाजको निमार्ण गर्न नै भएको हो भन्दा अतियुक्ति
नहोला । किनभने उनी बोधीज्ञान प्राप्त गर्नु भन्दा अगाडि देखि नै करुणाभावले ओतप्रोत भएको व्यक्ति थिए । सानै
देखि उनीमा त्यो स्वभाव थियो । राजदरवारमा उनले २९ वर्ष बिताए त्यो अवधीमा उनले राजपाठ संचालन गर्ने र
आफूलाई सनातनि राजाको रुपमा स्थापित गर्नेको लागि तयार गर्ने तर्फ भन्दा पनि उनको आफ्नै परिवार, समाज
र राज्यमा भएको विकृति, विसंगति र द्धन्द समाधान कसरी गर्ने भन्ने तर्फ बढी उनको सोच उन्मुख भएको देखिन्छ
। बुद्ध दर्शन सम्बन्धि ऐतिहासिक दस्तावेजहरुले पनि के देखाउछ भने उनी वास्तवमा केवल सांसारिक मोहजालबाट
वाक्क भएर सन्यासीको भेषमा जीवन बिताउन गृहत्याग गरेका थिएनन्। हुनत कतिपय बुद्ध जीवनीहरुमा उनले
बृद्ध, रोगी र मृत्युको पीडालाई सहन नसकेर भावुक भएको र गेरुवा वस्त्र धारणा गरेको श्रमणलाई देखि पछि
त्यसमा छ आनन्द भनेर गृहत्याग गरेको भनिन्छ । यो पनि एउटा पाटो हो भनेर भन्न चाहीं सकिन्छ किनभने बुद्धको
करुणाभाव प्राकृतिक थियो । तर के पनि भन्न सकिदैन भने उनी जस्तो तिक्ष्ण बुद्धि र विवेक भएका मानिसलाई
केवल यतिले मात्र प्रभावित पा¥यो भनेर । र उनी गृह त्याग गर्दा एउटा परिपक्क वयश्क व्यक्ति थिए । साथै उनका
जति पनि उपदेशहरु छन् ति उपदेशहरुले के सत्यलाई स्थापित गर्छ भने उनी वास्तवमा तात्कालिन समाजमा
भएको मानव मानव विचको वैरभाव,शोषण, दमन, विभेद, उत्पीडनको अन्त्य गर्दै समाजरुपान्तरणको प्रकृयालाई
मुर्तरुप दिन नया विचार नया दर्शनको साथै त्यसको व्यवहारिक कार्यान्वयको पाटोलाई स्थापित गर्न नै उनले
राजपाठ त्यागेका थिए ।
डा.भीमराव अम्बेडकरको भनाई अनुसार शाक्य र कोलियकोवीचमा रोहिणी नदीको पानीको बाडफाडलाई लिएर चर्किएको विवाद पनि सिद्धार्थ गौतमको गृहत्यागको महत्वपूर्ण कारण हो । किनभने उनले वैरले कहिले पनि वैर शान्त हुदैन भन्ने बुझिसकेका थिए । यस प्रकार सिद्धार्थले प्रब्रज्यालाई आत्मसात गरेर प्रब्रजित हुनुको मूलत ३ कारण भनिएको छ –१.आफ्नो आफन्तहरुले एक अर्कासंग लड्नको लागि शस्त्रको धारण गर्नाले उनीमा भए उत्पन्न भयो २.उनलाई लाग्यो घर अड्चन र कुडाकरकटको लागि ठाउँ हो र ३.उनलाई यस्तो लाग्यो कि जन्म, जरा, मरण, व्याधि आदिसंग जोडिएर त्यस प्रकारको वस्तुहरुसंग आसक्त भएर बस्नु हुदैन्। ज्ञतर यि तीन कारणहरु मध्ये शाक्य र कोलियको लडाई नै प्रमुख देखिन्छ ।
सद्धार्थ गौतमले गृहत्याग गरे पछि केवल आफ्नो मुक्तिको लागि भनेर जंगलमा गएर सन्यासी भएर बसेनन्। उनी त्यतिबेलाका विद्धान मानिएका तपस्वीहरुको सरसंगतमा गएर ज्ञान प्राप्त गर्न तर्फ लागे । त्यतिबेला पनि धेरै विचार र मतहरुको प्रतिपादन भई सकेको थियो । त्यसमध्ये धेरै जसो विचार र मतहरुको ज्ञान बुद्धले प्राप्त गरेर तर त्यस मध्येका कुनै ज्ञान पनि उनले खोजे जस्तो पाएनन् । किनभने उनलाई मानवको दुःखलाई केन्द्रमा राखेर त्यसको कारण र निवारण खोज्नु थियो ।
२.समाजरुपान्तरणका प्रकृयामा बुद्धले गरेका योगदानहरु
२.१.वैचारिक योगदानः
बुद्धको दर्शनलाई सतहमा हेर्दा र अहिलेको संरचनालाई संसार भरी स्थापित विभिन्न धर्म मध्ये एउटा धर्मकोरुपमा
मात्र बुझेको पाइन्छ । अधिकांश मानिसहरुको बुझाई यो भन्दा फरक छ जस्तो पनि लाग्दैन । किनभने वर्तमान
सन्दर्भमा भन्ने हो बुद्धको दर्शनलाई केही समुदायहरुको धर्मकोरुपमा मात्र सिमित गर्ने प्रयास पनि भएको देखिन्छ ।
तर यथार्थमा भन्ने हो भने यो बुझाई अत्यन्त साघुरो छ । वर्तमान सन्दर्भमा धर्मको साघुरो घेरा भित्र रहेर यसको
अभ्यास गरिएको भएता पनि वास्तविकता भने फरक छ । बुद्ध शिक्षा भनेको समाजरुपान्तरणको लागि प्रतिपादन
गरिएको एउटा फरक वैचारिक दर्शन थियो जसले बुद्ध स्वयंको समय काल देखि आजसम्म समाजमा विद्यमान
संरचनामा परिवर्तन ल्याउनको लागि निरन्तर प्रयास गर्दै आएको छ । बुद्धले आफ्नै कालखण्डमा आफूले प्रतिपादन
गरेको विचारमा टेकेर समाजलाई धेरै कोणबाट रुपान्तरण गरेका थिए । तत्कालिन समाजमा विद्यमान बिसंगति र
बिकृतिहरु जो मानव र अन्य प्राणी र बनस्पति जगतको हित विपरित थियो त्यसलाई सच्याउन र मानवता केन्द्रीत
समाज निमार्ण गर्न बुद्धले शशक्त शान्तिपूर्ण क्रान्ति नै गरेको भन्नु पर्दछ । बुद्धको समयकालमा नै ६२ वटा भन्दा
बढी मतको प्रतिपादन भई सकको थियो यसैको जगमा टेकेर समाज व्यवस्था चलिरहको थियो । तथापि बुद्धले भने
त्यस मध्येका केही मतहरुलाई मात्र महत्वपूर्ण ठानेर तर्कसंगत तरिकाले खण्डन गरेका छन्। किनभने ति मतले
तत्कालिन समाजमा धेरै प्रभाव पारी रहको थियो तर मानवको दुःख र पीडालाई सम्बोधन गर्ने भन्दा पनि
मिथ्यादृष्टिकोणबाट निर्देशित भएकोले समाजलाई अझै दिग्भ्रमित बनाई रहको थियो र बहुसंख्यक मानिसहरुलाई
पीडित बनाई रहको थियो ।
वर्ण व्यवस्था, लिंगिय विभेदका कारण महिला र खासगरी वैश्य र शुद्रहरु अत्यन्त दयनीय अवस्थामा जीवन बिताउन
बाध्य थिए । काल्पनिक ईश्वर, भाग्यवाद, पुनरजन्म, स्वर्ग र नर्कको परिकल्पनाले केही मुठ्ठीभर व्यक्तिहरुलाई
बहुसंख्यक माथि शासन गर्ने बलियो आधार तयार भएको थियो । बुद्धले यि सबै कुराहरुको खण्डन गरे । भाग्यवादी
चेतनालाई उल्टाई दिए र मानवको दुःखको कारण उ स्वयं हो र उ स्वयं नै आफ्नो मुक्तिदाता हो भनेर जागरुक
र सचेत बनाए । बुद्धका खासगरी चारवटा मूल सिद्धान्तहरु छन्, १.इश्वरलाई नमान्नु, अन्यथा मनुष्य स्वयं आफ्नो
मालिक हो यस सिद्धान्तको विरोध हुनेछ । २.आत्मालाई नित्य नमान्नु, अन्यथा नित्यलाई एकरस मान्दा त्यसको
परिशुद्धि र मुक्तिका लागि गुन्जाइस रहने छैन्। ३.कुनै अन्यलाई स्वत प्रमाण नमान्नु, अन्यथा बुद्धि र अनुभवको
प्रमाणिकता हराउँदै जानेछ । ४. जीवन प्रवाहलाई यसै शरीरसम्म परिमित मान्नु, अन्यथा जीवन र त्यसका
विचित्रताहरु कार्य–कारण नियमबाट उत्पन्न नभएर भात्र आकस्मिक हटनाहरु हुन जानेछन् । बुद्धले आफ्ना
विचारहरुलाई यि चार मूल सिद्धान्तहरुमा केन्द्रित गरेर व्याख्या गरेका छन्। जसले निवार्ण प्राप्तिको मार्ग तिर जान
महत्वपूर्ण भूमिका खेलेको छ । यि चार सिद्धान्तहरुमा केन्द्रित केही बुद्धका शिक्षाहरु निरन्तर समाजमा विद्यमान
सोच र संरचनालाई भत्काउन मुख्य भूमिका खेली रहको छ ।
२.१.१.चार आर्यसत्य
चार आर्यसत्य बुद्धले सम्बोधिज्ञान प्राप्त गर्ने प्रकृयामा प्राप्त गरेको पहिलो ज्ञान थियो । उनले प्राप्त गरेको ज्ञान
यति शुक्ष्म र जटिल थियो कि जसलाई सामान्य व्यक्तिले बुझ्न गाह«ो थियो । त्यसैले प्रथम त उनी आफूले प्राप्त
गरेको सम्बोधिज्ञान बाड्ने कि नबाड्ने दुबिधामा थिए । अन्तत उनी सम्हापति ब्रह्माको सल्लाहमा ज्ञान बाड्ने
निर्णय गरे । उनले सर्बप्रथम आफ्नो ज्ञान सारनाथको ऋषिपतन मृगदावनमा तपस्या गरी रहेका पंचवर्गीय भिक्षुलाई
आफ्नो ज्ञानले दिक्षित बनाए । जसलाई धर्मचक्र प्रवर्तन भनेर पनि भनिन्छ । संयुक्त निकाय ५५÷२÷१ धर्मचक्र
प्रवर्तन सूत्रमा बुद्धले भनेर्, भिक्षुहरु ! यी दुई अतिहरुलाई सेवन गर्नु हुदैन । १.काम सुखमा लिप्त हुनु २.शरीर पीडामा
लाग्नु ।(मैले) यी दुवै अतिहरुलाई छोडेर मैले मध्यममार्गको खोजी गरेको छु । (जो) आँखा दिने, ज्ञान दिने….शान्ति
दिने मार्ग हो । …..त्यो (मध्यम मार्ग) यही आर्य(=श्रेष्ठ अष्ठाङ्गिक)(=आठ अङ्गहरु भएको) मार्ग हो, जस्तो कि दृष्टि(
=दर्शन),ठीक संकल्प, ठीक वचन, ठीक कर्म, ठीक जीविका, ठीक प्रयत्न, ठीक स्मृति र ठीक समाधि ।’
१.चार आर्य–सत्य
दुःख, दुःख समुदय(हेतु), दुःख निरोधक, दुःख निरोधगामी मार्ग । यिनीहरुलाई बुद्धले श्रेष्ठ सत्य भनेर भनेका छन्।
क.दुःख सत्यको व्याख्या गर्दै बुद्धले भनेर्– जन्म पनि दुःख हो, बुढ्यौली पनि दुःख हो, मरण–शोक–रोदन–मनको
खिन्नता–दिक्दारी दुःख हो । अप्रियको संयोग र प्रियसंगको वियोग पनि दुःख हो, इच्छा गरेर नपाउनु पनि दुःख हो ।
संक्षेपमा पाचवटै उपादान स्कन्ध दुःख हुन ।’ (महा सत्तिपठान सुत(दिर्घ–निकाय, २१९) । पाँच उपदान स्कन्ध–रुप, वेदना, संज्ञा, संस्कार र विज्ञान
१.रुप उपादान स्कन्ध–चारवटा महाभूत–पृथ्वी, जल, वायु, अग्नि–यि रुप उपादान हुन ।
२.वेदना–हामी वस्तुहरु वा तिनका विचारको सम्पर्कमा आउँदा जुन सुख, दुःख या न सुख, न दुःखका रुपमा अनुभव
गर्छौ, यसलाई वेदना स्कन्ध भनिन्छ ।
३.संज्ञा–वेदनापछि हाम्रो मस्तिष्कमा पहिलेदेखि नै अंकित संस्कारहरुद्धारा जुन कुरा हामी चिन्छौर्–यो उही देवदत्त हो
।’ यसलाई संज्ञा भनिन्छ ।
४. संस्कार–रुपहरुका वेदना र संज्ञाहरुको जुन संस्कार मस्तिष्कमाथि परेको हुन्छ र जसको सहायताले हामीले चिन्यौ
कि–यो उही देवदत्त हो । यसलाई संस्कार भनिन्छ ।
५. विज्ञान–चेतना या मनलाई विज्ञान भनिन्छ । यी पाचवटै स्कन्ध व्यक्तिको तृष्णाको विषय भएर आउँछन्, तब
यिनीहरुलाई नै उपादान स्कन्ध भनेर भनिन्छ । बुद्धले यि पाचै स्कन्धलाई दुःखकोरुप भनेर भनेका छन्।
ख. दुःख हेतु(कारण) दुःखको हेतु के हो ? तृष्णा–काम(भोग)को तृष्णा, भवको तृष्णा, विभवको तृष्णा, । इन्द्रियहरुका
जति प्रिय विषय या काम छन्, ती विषयहरुसंग सम्पर्क, तिनको संझनाले तृष्णालाई जन्माउँछ र्। काम(=प्रिय भोग)का
लागि नै राजा पनि राजाहरुसंग लड्छन्, क्षत्रीय पनि क्षत्रीयसंग लड्छन्, ब्राह्मण ब्राह्मणहरुसंग लड्छन्, गृहपति=वैश्य)पनि गृहपतिसंग, माता पनि पुत्रसंग, पुत्र पनि मातासंग, पिता पुत्रसंग, पुत्र पितासंग, भाई भाईसंग, दिदी
बहिनी दाजु भाईसंग, दाजुभाई दिदी बहिनीसंग, मित्र मित्रसंग लड्छन्। उनीहरु एक आपसमा कलह बिग्रह–विवाद
गर्दै एक अर्कामाथि हातले पनि, डण्डाले पनि, हतियारले पनि आक्रमण गर्छन्। उनीहरु (यसबाट) मर्छन्पनि, मरण–
समान दुःखलाई प्राप्त गर्छन्। ’
ग.दुःख विनाश– त्यसै तृष्णाको अन्त्य निरोध, परित्याग, विनाशलाई दुःख निरोध भनिन्छ । प्रिय विषयहरु र तदविषयक
विचार–विकल्पहरुबाट जब तृष्णा छुट्न पुग्छ, त्यसबेला तृष्णाको निरोध हुन्छ ।
तृष्णा नाश भए पछि उपादानको निरोध हुन्छ । उपदानको निरोधले भव(लोक)को निरोध हुन्छ । भव–को निरोधले
जन्मको निरोध हुन्छ । जन्मको निरोधले बुढ्यौली, मरण, शोक, रोदन, दुःख, मनको खिन्नता–दिक्दारी, नष्ट भई दिन्छ
। यस प्रकार दुःखको निरोध हुन्छ । यही दुःख–निरोध बुद्धको सम्पूर्ण दर्शनको केन्द्रबिन्दु हो ।
घ.दुःख विनाशको मार्ग–दुःख निरोधतिर लिएर जाने मार्ग कुन हो ? आर्य अष्टाङ्गिक मार्ग । आर्य अष्टाङ्गिक मार्गलाई
ज्ञान(प्रज्ञा), सदाचार(शील), र योग(समाधि) यसरी तीन भागमा बाड्न सकिन्छ ।
क.प्रज्ञा –ठीक दृष्टि, ठीक संकल्प
ख.शील–ठीक वाचा, ठीक कर्म र ठीक जीविका
ग.समाधि–ठीक प्रयत्न, ठीक स्मृति, ठीक समाधि
क. ठीक ज्ञान
१.ठीक दृष्टि–कायिक, वाचिक र मानसिक असल र खराबहरुको ठीक–ठीक ज्ञानलाई ठीक दृष्टि भनिन्छ । असल–
खराब कर्म यस प्रकार छन्– कायिक, वाचिक र मानसिक
कायिक कर्म
असल कर्म–अहिंसा, अ–चोरी, अ–व्यभिचार
खराब कर्म–हिंसा, चोरी, व्यभिचार
वाचिक कर्म
असल कर्म– अ–मिथ्या भाषण, न–चुगली, अ–कटु भाषण, न–बकवाद
खराब कर्म–मिथ्या भाषण, चुक्ली, कटु भाषण, बकवाद
मानसिक कर्म
असल कर्म–अ–लोभ, अ–प्रतिहिंसा, न–झुटो धारणा
खराब कर्म–लोभ, प्रतिहिंसा, झुटो धारणा
दुःख, हेतु, निरोध र दुःख निरोध मार्गको ज्ञान नै ठीक दृष्टि भन्ने गरिन्छ ।
२.ठीक संकल्प–राग(लोभ)हिंसा, प्रतिहिंसा रहित संकल्पलाई नै ठीक संकल्प भन्छन्।
ख.ठीक आचार(शील)
१.ठीक वचन–झुटो, चुक्ली, कटु भाषण र बकवादरहित सत्य मीठा कुरा बोल्नु ।
२.ठीक कर्म–हिंसा, चोरी, व्यभिचार नगर्नुनै ठीक कर्म हो ।
३.ठीक आजीविका–गलत जीविका छोडेर सही जीविकाबाट शरीर यात्रा चलाउनु नै ठीक आजीविका हो । हतियारको
व्यापार, प्राणीको व्यापार, मासुको व्यापारा, रक्सीको व्यापार र विषको व्यापारलाई बुद्धले गलत आजीविका भने । (
अंगुत्तर निकाय –५)
ग.ठीक समाधि
१.ठीक प्रयत्न(व्यायाम)–इन्द्रियहरुमाथि संयम, खराब भावनालाई रोक्ने तथा राम्रा भावनाहरुलाई उत्पादन गर्ने प्रयत्न
गर्ने, उत्पन्न राम्रा भावनाहरुलाई कायम राख्ने आदि ।
२.ठीक स्मृति–काया, वेदना, चित्त र मनका धर्महरुका ठीक स्थितिहरु(ती मलिन, क्षण–विध्वंसी आदि हुने )सधै स्मरण
राख्नु ।
३.ठीक समाधि–चित्तको एकाग्रतालाई समाधि भन्दछन्।(मझिम निकाय १÷३÷५) ठीक समाधि त्यो हो जसले मनका
विक्षेपहरुलाई हटाउन सकियोस्। बुद्धका शिक्षाहरुलाई अत्यन्त संक्षिप्तमा यसरी भनिएको छ–सारा खराब काम नगर्नु
र असल कामको सम्पादन गर्नु, आफ्नो चित्तलाई संयमित राख्नु यो बुद्धको शिक्षा हो ।
२.२.चतुब्रह्म विहार
मनका चारवटा सर्वोकृष्ट अवस्थाहरुलाई र्नै चतुब्रह्म’ विहार भनिएको हो । चारवटा अवस्था भन्नाले मैत्री,
करुणा,उपेक्षा र मुदिता हो । मैत्री भन्नाले निस्वार्थ प्रेम, साहनभूति स्नेहले युक्त, मित्रता, अरुलाई हानी पु¥याउने
इच्छाको दमन, अरुको हित र उपकारको चाहना । करुणा भन्नाले अरुको दुःखमा दुःखी हुनु र त्यस्तो दुःख हटाउनको
लागि प्रयास गर्नु हो । मुदिता भन्नाले अरुको सुखमा, खुसीमा रमाउनु हो भने उपेक्षा भन्नाले तटस्थ भाव राख्नु,
समताभाव राख्नु, प्रतिकूल परिस्थितिमा पनि मनलाई सन्तुलित राख्नु, बदला र प्रतिहिंसाको भाव नगर्नु, सबैलाई
समान ठान्ने पक्षपातविहिन आचरण ।
बुद्धको महत्वपूर्ण सिद्धान्तहरु मध्ये चार–आर्यसत्य नै मानवको दुःखको कारण पहिचान गर्ने र त्यसको निवारण गर्ने
आधारभूत साधन भएकोले नै यस कार्यपत्रमा राखिएको हो । साथै चतुब्रह्म विहार पनि जीवन उपयोगी दर्शन हो ।
यो देखि बाहेक प्रतीत्य समुत्पाद(कार्यकारण सिद्धान्त), त्रिलक्षण(अनित्य, दुःख, अनात्म)ले अलि दार्शनिक पाटोलाई
अंगाल्ने भएकोले यसको गहन अध्ययनको जरुरी छ । आउने बहस श्रृखंलामा यि विषयहरुमा थप छलफल गरिने छ
।
२.२.वर्ण व्यवस्थाको खण्डन
बुद्धले चतुर्वर्ण व्यवस्थाको खण्डनमात्र गरेनन्उनले यसको परिभाषा समेत उल्टाई दिए । वैदिक सनातनी धर्ममा
यसको उत्पत्तिको सन्दर्भमा अप्राकृतिरुपमा व्याख्या गरिएको छ । ऋग्वेदको दसौ मण्डलमा एउटा अलौकिक पुरुष
प्रजापतिको मुखबाट ब्राह्मण, बाहुबाट क्षेत्री, जांघबाट वैश्य र पाउबाट शुद्रको उत्पत्ति भएको भनेर उल्लेख गरिएको
छ । जुन यथार्थमा भन्दा पनि केवल मिथकमा आधारित छ, कल्पनामा आधारित छ । वर्ण व्यवस्थाको उत्पत्तिको
सन्दर्भ जुन परिभाषा ब्राह्मण धर्मले गरेको छ वास्तवमा त्यो केवल गलत उद्धेश्यले धर्मको नाममा अशिक्षित
जनतालाई बेबकुफ बनाउने उद्धेश्यले गरिएको भन्ने स्पष्ट देखिन्छ ।
बुद्धले ऋग्वेदको गलत परिभाषालाई उल्टाउदै यथार्थमा आधारित भएर चतुर्वर्णको परिभाषा दिए । जुन प्राकृतिक र
समाज विकासको क्रमसंग मेल खान्छ । उनले चतुर्वर्ण के हो भन्ने सन्दर्भमा दिएको उपदेश अग्गञ्ञ सूत्र दिर्घ
निकायमा उल्लेख गरिएको छ । बुद्धले वाशिष्ठ र भारद्धाज ब्राह्मण उनको उपदेश सुन्न आएको बेला चतुर्वर्ण
व्यवस्थाको सम्बन्भमा भनेका थिएर्, वाशिष्ठ ! क्षेत्रीय, ब्राह्मण, वैश शुद्र चार वर्ण छ । यी चार वर्णमा जीव–हिंसा,
चोरी, मिथ्याचार, झुठ तथा मिथ्या–दृष्टिमा रत रहेर अकूशल कर्म गर्ने पनि हुन्छन्। यी चारै वर्णमा दुवै किसिमका
मानिसहरु पाइन्छन्। अकूशल कर्म अधर्म हो र कूशल कर्म धर्म हो । यस प्रकारले मानिसमा धर्म नै श्रेष्ठ हो, यो
जन्ममा पनि र अर्को जन्ममा पनि । ’
चार वर्णको उत्पत्तिको सन्दर्भमा बुद्धले भनेर्, वाशिष्ठ ! आदि कालमा प्राणीहरुमा पाप धर्म प्रकट हुनाले सबै प्राणीहरु
एक ठाउँमा जम्मा भएर के भने भने प्राणीहरुमा पाप धर्म, जस्तो चोरी, जीव–हिंसा,व्यभिचार, मिथ्या–दृष्टि, आदि
प्रकट भएको छ । अतः हामीले यस्तो प्राणीको चयन गरौ, जसले हाम्रो निन्दनीय कार्यको निन्दा गरोस्र उचित
कर्मको बारेमा बताओस्र दोषीलाई दण्ड देओस्। ’
(क) क्षेत्रीको उत्पत्ति
“वशिष्ठ ! तब त्यो प्राणी, जो उनीहरु मध्ये सुन्दर थियो, दर्शनीय थियो, महाशक्तिशाली थियो, उसको नजिक गएर
भन्यो,‘हे प्राणी ! उचितानुचितलाई ठीकसंग अनुशासित गर, निन्दननीय कर्मलाई निन्दा गर, उचित कर्म बारे भन,
तथा निकाल्न योग्यलाई निकाली देउ । हामीहरुले तिमीलाई शाली(धान)को भाग दिनेछौ ।’त्यो व्यक्तिलाई स्वीकारे
पछि त्यो व्यक्तिले उचितानुचितलाई अनुशासित ग¥यो । महाजनहरुले उसलाई सम्मत(स्वीकार)गरेको हुनाले
‘महासम्मत’ उसको पहिलो नाम भयो । क्षेत्रको अधिपति भएकोले ‘क्षत्रिय’दोस्रो नाम भयो । धर्मले सबैलाई रन्जन
गर्ने भएको कारणले ‘राजा’ तेस्रो नाम भयो ।”
ख.ब्राह्मणको उत्पत्ति
“वाशिष्ठ ! तब तिनै प्राणीहरु मध्ये कसैकसैको मनमा यो लाग्न थाल्यो कि प्राणीहरुमा पाप धर्म प्रकट भई रहेको
छ । अतः हामीले पाप–धर्म(अकुशल कर्म)लाई छोडी दिउ । ति मानिसहरुले अकुशल कर्मलाई छोडी दिए । पाप–
धर्मलाई छोडी (बगाउनु) दिए । पाप–धर्मलाई बगाई दिएको हुनाले ‘ब्राह्मण’ भनेर उसको पहिलो नाम रह्यो ।
जंगलमा पर्णकुटी बनाएर बस्थे तथा त्यही ध्यान गर्थे । उनीहरुलाई देखे पछि मानिसहरुले सोचे यिनीहरु पर्णकुटी
बनाएर जंगलमा बस्छन्तथा ध्यान गर्दछन्। अतःध्यान गर्छन, ध्यान गर्छन भन्दा भन्दै दोस्रो नाम ‘ध्यायक’ रह्यो
। तिनै प्राणीहरु मध्ये केहीले ध्यान पुरा गर्न नसकेको कारण गाउ या नगरको नजिक गएर ग्रन्थहरु बनाएर बस्न थाले । तिनीहरुलाई देखेर मासिनहरुले भन्न थाले,‘ग्रन्थ बनाएर बस्छन्, ध्यान गर्दैनन्।’ध्यान गर्दैनन्, ध्यान गर्दैनन्
भन्दा भन्दै अध्यायक(वेदपाठी) भनेर तेस्रो नाम राखियो । त्यो समयमा अध्यायकलाई नीच मानिन्थ्यो । तर आज
उनीहरुलाई श्रेष्ठ मानिन्छ ।”
ग.वैश्यको उत्पत्ति
“वाशिष्ठ ! त्यही प्राणीहरु मध्ये कति गृहस्थ भएर व्यापार, कृषि आदि विभिन्न थरीका व्यवसायमा लागे । गृहस्थ
भएर विभिन्न थरीका व्यवसायमा लागेको कारण उनीहरुको नाम वैश्य भयो । यसरी यो वैश्य मण्डलको मौलिक
अक्षरबाट वैश्यलाई ‘विशः’भनियो ।”
घ.शूद्रको उत्पत्ति
“वाशिष्ठ ! ति प्राणीहरु मध्ये बाकी रहेका प्राणीहरु शिकार गर्ने, काठको काम गर्ने, माटाको भाडो बनाउने आदि
कार्यमा लागे । यस्ता किसिमको काम गर्ने मासिनलाई क्षुद्र(सानो) काम गर्ने भन्न थालियो । क्षुद्र–आचार, क्षुद्र–आचार
भन्दा भन्दै तिनीहरुलाई शूद्र भन्न थालियो ।
२.२.बुद्धको दृष्टिकोणमा अछूत(निच)
बुद्धले चण्डाल सूत्र अंगुत्तर निकायमा एउटा उपासक कसरी अछूत(निच) हुन्छ भन्ने सन्दर्भमा यसरी भनेका छन्,र्
एउटा उपासक यी पाँच कारणले उपासकहरु मध्ये अछूत,चण्डाल, निकृष्ट, धुलो तथा मैलो भनिन्छ । १. उसलाई
धर्म प्रति श्रद्धा हुदैन, २.उसले नैतिक मुल्य मान्यता अनुसार आचरण गर्दैन, ३.उसले कर्मको सिद्धान्तमा विश्वास
नगरेर नियती अर्थात भाग्यमा विश्वास गर्छ, ४.जसले कर्मकाण्डमा विश्वास गर्छ, ५.जसले संघ बाहिर दानको लागि
व्यक्ति खोजेर उसलाई दान दिन्छ । ’
बुद्धले अग्गञ्ञ सूत्र(२७ दिर्घ निकाय)मा दिएको उपदेशले मानिसको श्रेष्ठता र निचताको मानक उसको कर्मले
निर्धारण गर्छ न कि जातिले भन्ने सत्यलाई स्थापित गरेको छ । कुशल र अकुशल कर्म नै मानिसको श्रेष्ठता र
निचता निर्धारण गर्ने आधार भएकोले जात वा वर्णमा आधारित श्रेष्ठता र निचताको कुनै औचित्य छैन्।
बुद्धले जात व्यवस्थाको सधै घोर निन्दा गरे । उनले वर्णमा आधारित ब्राह्मण सत्ताको अप्राकृति संरचना भत्काउन
निरन्तर प्रयास गरे । उनी स्वयं पनि जात व्यवस्थाको शिकार भएका थिए ।
३.संरचनागत रुपान्तरणमा योगदान
बुद्धले समाज रुपान्तरणको लागि ज्ञानमात्र बाडेनन्। त्यो ज्ञानलाई चिरकालसम्म संस्थागत गर्न र स्थायित्व दिनको
लागि संघको स्थापना गरे । पंचवर्गीय भिक्षुहरुलाई पहिलो पटक आफूले प्राप्त गरेको बोधिज्ञानले दिक्षित गरे पछि
उनीहरुबाटै उनले भिक्षु संघको स्थापना गरे । बुद्धका उपदेशहरु र संघको अवधारणालाई विश्लेषण गर्दा के देखिन्छ
भने उनी मृत्यु पछि मोक्ष प्राप्त गर्न भन्दा पनि तत्कालिन समाजमा व्याप्त रोग, भोक, अशिक्षा, उत्पीडन, असमानता,
अत्याचार, कलह, बिग्रहहरुको अन्त्य गर्न र समानता स्वतन्त्रता र भातृत्वको मूल्यमान्यतालाई विकास गर्दै मानवीय
चेतमा आधारित समतामूलक समाजको निमार्ण गर्नको लागि समर्पित थिए । ब्राह्मण धर्मले मानव मानवबीचमा
निमार्ण गरेको खाडल पुर्न उनी उद्धत थिए । बहुसंख्यक जनतालाई ब्राह्मणवादको चंगुलबाट निकाल्न उनी कृयाशील
थिए । तत्कालिन समाजमा शुद्र र महिलालाई ज्ञान प्राप्त गर्न र धर्मको अभ्यास गर्नबाट बन्चित गरिएको थियो ।
उनी समाजमा विद्यमान विशमताहरुको अन्त्य गर्न चाहान्थे । उनी ब्राह्मणले निमार्ण गरेको जन्मको आधारमा श्रेष्ठ
भन्ने संरचना भत्काउन र समतामूलक समाज निमार्ण गर्न चाहन्थे । उनी जब ६० जना भिक्षुहरु बनाउन सफल
भए त्यस पछि सबैलाई अलग–अलग ठाउमा बहुजन हिताय र बहुजन सुखायको लागि धर्म प्रचार गर्न पठाए । आफू
पनि निरन्तर धर्म प्रचारमा लागि रहे ।
भक्षुणीसंघको पनि स्थापना गरेर महिलाहरुलाई समेत धर्म र ज्ञानको अभ्यास गर्ने स्वतन्त्रता दिए । संघलाई भिक्षु
भिक्षुणीहरुमा मात्र सिमित राखेनन् । गृहस्थहरुलाई समेत उपासक उपासिका बनाएर संघमा आबद्ध गराए ।
भिक्षुभिक्षुणीहरुलाई यति कठोर अनुशासनमा राखे जसले गर्दा संघले बहुसंख्यक जनताको हितमा काम गर्न सक्ने
वातावरण बन्यो । वास्तवमा भन्ने हो भने उनले ब्राह्मण समाजको बिरुद्धमा बहुजनको बैकल्पिक सत्ता निमार्ण गरेर
। भारतीय महाद्धीपका बहुजनलाई शक्तिशाली बनाउन मदत गरे । उनले निमार्ण गरेको बैकल्पिक सत्ताले
ब्राह्मणवादको धरातललाई कम्जोर बनाइ दिएकाले ब्राह्मण धर्मलाई अक्षुण राख्न चाहनेहरु सधै उनको बिरोधी भए
। उनले संघको ढोका सबै वर्ण र महिलाको लागि खुला गरे । र संघ भित्र कसैले कसैलाई विभेद गर्न नपाईने नियम
समेत बनाए । उनले उपाली सुत्र उदानपालीमा भनेर्, यो पृथ्वीमा जति पनि महान्नदीहरु छन्–जस्तो गंगा, यमुना,
सरस्वती, अचिरवती, सरयु तथा माही आदि, यी सबै नदीहरु समुन्द्रमा मिल्नासाथ यिनीहरुको जललाई पनि
समुन्द्रककमो जल भनिन्छ । त्यसै गरी जब ब्राह्मण, क्षेत्री, वैश्य शुद्र बुद्धको संघमा प्रवेश गरे पछि विनय एवं
धर्मको पालना गर्छन्, तब उनीहरुको वणर्, जाति, गोत्र केही पनि रहदैन्। उनीहरुलाई केवल भिक्षु भनिन्छ । उनीहरु
भिक्षुसंघको सदस्य मात्र रहन्छन्। भिक्षाटन गर्ने बेलामा पनि बुद्ध तथा भिक्षुहरुले वर्ण र जातको आधारमा कुनै
भेदभाव गरेनन्।
४.उपसंहार
बुद्धले पैतिस वर्षको उमेरमा बोधिज्ञान प्राप्त गरे र अस्सी वर्षको उमेरमा महापरिनिवार्ण प्राप्त गरे । उनले ४५ वर्ष
धर्म प्रचारमा बिताए र त्यो अवधिमा कहिले पनि विश्राम लिएनन्। उनको ध्येय नै बहुजन हिताय बहुजन सुखाय
थियो । उनले ब्राह्मणवादले निमार्ण गरेको अज्ञानताको कालोबादलको पर्दालाई च्यात्ने निरन्तर प्रयास गरे र ज्ञानको
दियो निरन्तर बाल्ने काम पनि गरे । कर्मकाण्ड, भक्तिको अपेक्षा उनको झुकाव ज्ञान र बुद्धिवाद तिर थियो । उनले
राजनीति, समाज, विज्ञान, मनोविज्ञान सबै क्षेत्रलाई आफ्नो उपदेशमा समाहित गरेका छन्। उनका चौरासी हजार
सुत्तहरु उपदेशकारुपमा त्रिपिटकमा संग्रहित गरिएको छ । यो कार्यपत्रमा केवल एउटा मात्र सुत्र र उनले गरेका केही
संरचनागत रुपान्तरणको काममात्र समावेश गरिएको छ । किनभने यसैको जगमा टेकर बुद्धले फरक किसिमको
संस्कार, संस्कृति र सभ्यताको विकास गर्ने प्रयास गरे । मानव, प्रकृति र समस्त प्राणी जगतको हित र भलाई गर्ने
वातावरण निमार्ण गरे । झण्डै २६०० वर्ष अगाडि बुद्धले समाज रुपान्तरणको लागि दिएका शिक्षा र त्यसको
व्यवहारिक कार्यान्वयनको पाटो आज पनि त्यतिकै महत्वपूर्ण छ । मानिसमा भएको तृष्णाले मानव समाजलाई अझै
धेरै विकृति र विसंगति तिर धकेल्दै छ । वैरभाव बढ्दै छ । हुने र नहुने बिचको खाडल बढ्दै छ । प्रकृति माथिको
नाङ्गो हस्तक्षेपले वातावरणीय प्रदुषण बढी रहेको छ । त्यसैले यि सबै दुःख निवारणको महत्वपूर्ण माध्यम बुद्ध शिक्षा
हुन सक्छ ।
सन्दर्भ सामाग्री
१.कोसाम्बी, धर्मानन्द, सन्२०११, भगवान बुद्ध जीवनी और दर्शन भाग–१, लोकभारती प्रकाशन, इलाहवाद
२.रावल, ललिजन(अनु.), बि.सं.२०७८, बौद्ध दर्शन, इण्डिगो इन्क प्रा.लि., काठमाडौं
३.तुलाधर, डा.रिना(सं), बि.सं.२०७२, थेरवाद बुद्ध धर्म एक अध्ययन, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौं
४.हेमचुरी, कमला, बि.सं.२०८०, ब्राह्मणवाद बिरुद्ध बुद्ध र अम्बेडकर, सोसाइटी बुक प्रकाशन, ललितपूर
५.सिंह, मामराज, सन्२०१७, गौतम बुद्ध जीवन और धर्म भाग–१, गौतम बुक प्रकाशन, दिल्ली
Leave a Reply