धाराको पानी छोएको निहुँमा विभेद गरेपछि खुकुरी प्रहार

दलित अनलाईन २६ जेष्ठ २०७६, आईतवार १४:२२

काठमाडाैं  आफुलाई ‘तल्लो जात’ भनेर पटकपटक विभेद गरेको आरोप लगाएपछि कागेश्वरी मनहरा–७, डाँछीका राजकुमार सार्कीले स्थानीय सुनील नगरकोटीमाथि खुकुरी प्रहार गरेका छन ।

आफुलाई ‘तल्लो जात’ भनेर पटकपटक विभेद गदै आएका कागेश्वरी मनहरा–७, डाँछीका स्थानीय सुनील नगरकोटीमाथि खुकुरी प्रहार गरेका हुन् ।

शनिबार साँझ  घटना भएकाे महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए । धाराको पानी छोएको निहुँमा नगरकोटीले विवाद गर्न खोजेपछि राजकुमारले खुकुरी प्रहार गरेको खुलेको जनाइएको छ ।

घटनापछि गम्भीर घाइते भएका नगरकोटीलाई स्थानीयले जोरपाटीको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगेका थिए । प्रहरीलाई दिएको बयानमा सार्कीले आफ्नो कसुर स्वीकारेका छन् । उनले रीस थाम्न नसकेर छेउमा भेटेको हतियारले प्रहार गरेको बताएका छन् ।

थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले सार्कीलाई प्रहरी वृत्त, बौद्धको जिम्मा लगाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank