राष्ट्रिय दलित मुक्ति जागरण अभियानको दाङ जिल्ला कमिटी गठन

दलित अनलाईन १३ कार्तिक २०७८, शनिबार २२:३४

दाङ – केशव नेपालीको अध्यक्षतामा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको ३१ सदस्यीय दाङ जिल्ला कमिटी गठन भएको छ ।

वरिष्ठ उपाध्यक्ष विकास नेपाली, उपाध्यक्षमा विनता नेपाली, महासचिवमा मदन विक, सचिवमा गोपाल विक, कोषाध्यक्ष लक्ष्मी नेपाली, सदस्यहरुमा रमेश परियार, गोविन्द नेपाली, अंकित गन्दर्भ, अनिल नेपाली, तुलाराम परियार, तेजबहादुर परियार, सुमन नेपाली, रत्न विक, सुनिल नेपाली, दिनेश नेपाली, विजय नेपाली लगायतका रहेका छन् ।

संगठन विस्तार कार्यक्रममा प्रमुख अतिथि पश्चिम संयोजक खगेन्द्र सुनारले गठित समितिलाई बधाई तथा शुभकामना दिए  । विगत दुई वर्षदेखि लकडाउन अवधिमा दलित समुदायमाथि निरन्तर रुपमा भइरहेको अत्याचारको विरुद्ध मानव रुपी र विभेदरहित वैकल्पिक समाजको निर्माणको लागि उदाएको राष्ट्रिय दलित मुक्ति जागरण अभियान हजारौंको संख्यामा फाल्गुन १ गते पूर्वको सप्तरी, पश्चिमको दैलेखबाट एकैसाथ उदघोष भएको लोकप्रिय अभियान जनमानसमा स्थापित छ ।

नवराज घटना देखि प्रदेश २ मा दलित समुदायमाथि भएको घटनासम्म अभियानले सशक्त भूमिका खेल्दै आएका छन् । अभियानको पश्चिम संयोजक खगेन्द्र सुनार छन् भने पूर्वीय संयोजक राजेश विद्रोही छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank