सरकारका कामको परिणाम देखिने बेला आउँदैछ : वनमन्त्री

दलित अनलाईन ९ कार्तिक २०७५, शुक्रबार १७:०४

सुर्खेत  – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नयाँ संरचनामा काम गर्नुपरेकाले परिणाम देखिन केही समय लागेको बताउनुभएको छ ।

नेपाल पे्रस संगठनद्वारा शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारले बनिबनाउ संयन्त्रमा काम गर्नुपर्ने अवस्था नरहेकाले जनताले सात महीनाकै अवधिमा परिणाम देख्न नपाएको बताउनुभयो।

“राज्यको पुनःसंरचनासँगै तीनै तहका सरकार सञ्चालन भएको विशिष्ट अवस्था हो”, मन्त्री बस्नेतले भन्नुभयो, “यस अवधिमा सरकारले आन्तरिक तयारीका सबै काम टुङ्ग्याउन लागेको छ, सरकार आफ्नो उद्देश्य र प्रतिबद्धतादेखि विचलित भएको छैन ।” उहाँले कानूनको मस्यौदा र प्रशासनिक पुनःसंरचनाको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । प्रदेश सरकारले अब हात फुकाएर काम गर्नुपर्ने अवस्था आउन लागेको उनको भनाइ थियो । “कतिपय काम शुरु पनि भइसकेका छन्, यसप्रति केन्द्र सरकार चिन्तित छ”, उहाँले भन्नुभयो ।

मन्त्री बस्नेतले केन्द्रले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नचाहेको आरोप सही नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “सबैजसो मन्त्रालयले प्रदेश सरकारलाई आफ्ना संरचना हस्तान्तरण गरिसकेका र केहीका कानूनी जटिलताका कारण मात्र बाँकी रहेका छन्, ती पनि छिट्टै हस्तान्तरण हुन्छन् ।” एक फरक प्रसंगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रहेका मन्त्री बस्नेतले कर्णाली प्रदेश संसदीय दलको नेतृत्व पार्टीले विधि, प्रक्रियाभित्रै रहेर टुङ्ग्याउने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank