रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

दलित अनलाईन २७ मंसिर २०८१, बिहीबार १६:११

काठमाडौँ —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

गत कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ परेका लामिछानेमाथि सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank