काठमाडौं — लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६२ करोड ५७ लाख ७२ हजार बजेट विनियोजन गरेको छ । प्रदेशसभा बुधबार आर्थिक मन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको छ ।
प्रदेश सरकारले एक स्थानीय तह एक नमुना कृषि कार्यक्रमदेखि प्रदेश गौरवका आयोजनाहरुलाई प्राथमिकतामा राखिएका छन् ।
प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाखमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार तथा कुल बजेटको ३१.२६ प्रतिशत र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार तथा ५७.४१ प्रतिशत विनियोजन गरिएको छ
Leave a Reply