धरानका मेयर सुब्बाको काठमाडौंमा निधन

दलित अनलाईन १ श्रावण २०७५, मंगलवार १९:२९

काठमाडौं, १ साउन – धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेको शुब्बाको उपचारकै क्रममा मंगलबार दिउँसो निधन भएको हो ।

मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।

उनी एमालेबाट मेयरमा निर्वाचित भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank