१३ औँ मानव अधिकार राष्ट्रिय महाभेला मंसिर २२ गतेबाट सुरु

दलित अनलाईन २१ मंसिर २०७८, मंगलवार १०:४६

काठमाडौँ—  ‘विधिको शासन कायम गरौँ, मानवअधिकारको सम्मान गरौँ’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रमसहित काठमाडौँमा १३ औँ मानव अधिकार राष्ट्रिय महाभेलाको आयोजना हुने भएको छ ।

शान्तिका लागि साझा अभियान (कोक्याप)ले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर–१०)को अवसरमा (मङ्सिर २२ देखि २८ गतेसम्म) उक्त महाभेलाको आयोजना गर्न लागिएको जनाएको हो ।

यस वर्ष राष्ट्रिय महाभेलाको आयोजना गर्न कोक्यापलाई संयोजक र फ्रिडम फर अल नेपाल र शान्ति फाउन्डेसनलाई सहसंयोजकमा रूपमा जिम्मेवारी दिइएको छ । त्यसमा विभिन्न ४६ सङ्घसंस्था आबद्ध भएका छन् ।

कोक्यापका अध्यक्ष एवम् राष्ट्रिय मानवअधिकार महाभेला मूल आयोजक समितिका संयोजक रोशना खड्काले भेलामा सहभागीताका लागि ३७ संस्थाले नाम दर्ता गरिसकेको र अरू आउने क्रममा भएको हुँदा ४६ सङ्घसंस्था आबद्ध हुने भएको जानकारी दिइन् ।

मानवअधिकारवादी चरण प्रसाईँले २०४६ सालपछि मात्र नेपालमा मानवअधिकारको सवालमा बोल्न र काम गर्ने वातावरण बनेको स्मरण गर्दै मानवअधिकारवादी संस्था तथा राष्ट्रिय मानवअधिकारलगायत व्यक्ति, समाजसहित हरेक संस्था यसको रक्षाका लागि तत्पर रहने सन्देश महाभेलाले दिने बताए ।

“मानवअधिकार भनेकै लोकतन्त्र हो, यसको रक्षा र पालना सबैबाट हुनुपर्ने महत्त्वपूर्ण सन्देश हरेक वर्ष महाभेलाले दिने गरेको छ”, महाभेलाका संस्थापक अध्यक्षसमेत रहेका प्रसाईँले भने, “संविधानसभा सफल पार्न, शान्ति प्रक्रियालाई पूर्णता दिन पहल, विगतका कहाली लाग्दा घटना दोहोरिन नदिन हामी सबै लाग्नुपर्छ ।”

महाभेलाका सहसंयोजक फ्रिडम फर अल नेपालका अध्यक्ष खगेन्द्र वलीले राष्ट्रका हरेक नागरिक मानवअधिकारका रक्षक भएको र त्यसको प्रवर्द्धनका लागि सबैले आफ्नो स्थानबाट योगदान दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank