जात व्यवस्था उन्मुलन मोर्चाको बागमती उपत्यका संयोजकमा महावीर विश्वकर्मा

दलित अनलाईन १३ भाद्र २०७७, शनिबार २२:४८

 

काठमाडौं —‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेपाल’को ‘जात व्यवस्था उन्मुलन मोर्चा,नेपाल’ अन्तर्गत ‘बागमती उपत्यका सम्पर्क समिति’ गठन भएको छ ।
लकडाउनका कारण भर्चुअल माध्यम जुममा आयोजित भेलाले पार्टीका केन्द्रीय सदस्य महावीर विश्वकर्माको संयोजकत्वमा समिति गठन गरेको हो ।
यो समितिमा देशका विभिन्न भागबाट काठमाडौंमा आएर क्रियाशील रहेका, सो पार्टीको ‘जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल’ अन्तर्गतका सदस्यहरु रहने छन् । समितिले प्रदेश सम्पर्क समिति, जिल्ला सम्पर्क समिति बनाउँदै अगाडी बढ्नेछ ।
आजको भेलाले प्रदेश सम्पर्क समिति बनाउनको लागि चन्द्र मोतेलाई १ नम्बर प्रदेशको, राजकुमार मालेलाई २ नम्बर प्रदेशको, रेखा विश्वकर्मालाई बागमती प्रदेशको भेला संयोजनको जिम्मा दिएको छ । यसैगरि रुपा सुनारलाई गण्डकी प्रदेशको, कृति आर्यन विश्वकर्मालाई ५ नम्बर प्रदेशको, टीका सोनीलाई कर्णाली प्रदेश र ज्ञानेन्द्र विश्वकर्मालाई सुदुरपश्चिम प्रदेशको जिम्मेवारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank