सोती  हत्या प्रकरण : न्यायको माग गर्दै आन्दोलनमा पीडित परिवार

दलित अनलाईन १४ असार २०७७, आईतवार २३:२९

जाजरकोट – ६ जनाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी ८ सोती  हत्या प्रकरण अझै सेलाएको छैन । पीडित परिवार र जाजरकोटका स्थानीयले न्यायको माग गर्दै आइतबार सदरमुकाम खलंगामा प्रर्दशन गरेका छन् ।

हत्यारालाई कारवाही गर, हामीलाई न्याय देउ, हाम्रो आन्दोलन जारी छ लगायतका नारासहित बजार परिक्रम गरेर घटनाको विरोध गरेका हुन् । सोती घटना संघर्ष समितिले शान्तिपूर्ण दवाव कायम राख्न प्रर्दशन गरिएको जनाएको छ । संघर्ष समितिका संयोजक नगेन्द्र शाहले पीडितको न्यायका लागि दवावमुलक रुपमा प्रर्दशन गरिएको बताए । ‘घटनालाई तोडमोड नहोस् र न्याय नमरोस् भनेर हामी निरन्तर खवरदारीमा छौं’, उनले भने, ‘जातीय विभेदकै कारण भएको सामुहिक हत्या काण्डमा संलग्नलाई जन्मकैदको सजाय हुनुपर्छ । तब मात्र मृतकको आत्मले शान्ति पाउनेछ ।’

अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको घटनामा जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकसहित ६ जनाको ज्यान गएको थियो । त्यसमध्ये एक जना टीकाराम सुनार चौरजहारी र अरु पाँच जना जाजरकोटका थिए । मल्ल थरकी एक किशोरी भगाउन गएका केटाहरु माथि सोतीका गाँउलले आक्रमण गर्दा उनीहरुको ज्यान गएको थियो ।

रुकुम जिल्ला अदालतले वडाध्यक्ष डम्बरबहादुर मल्ल, किशोरीका बुवा र किशोरीसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । किशोरीकी आमालाई एक लाख धरौटीमा छोड्न आदेश दिए पनि धरौटी नबुझाएपछि उनलाई पनि कारागार चलान गरिएको छ । पाँचजना फरार छन् । ३४ जनालाई पक्राउ गरिएकोमा अन्यलाई सामान्य तारेखमा छाडिएको जिल्ला अदालत पश्चिम रुकुमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank