प्रकाश दुतराजकाे ‘करिम’ गीत हटाउन माग गर्दै चाैरजहारीका मेयरले पठाए सञ्चारमन्त्रीलाई पत्र

दलित अनलाईन ६ जेष्ठ २०८१, आईतवार १०:१९

काठमाडौँ — चाैरजहारी नगरपालिकाका मेयर पुष्प वादीले प्रकाश दुतराजकाे गीत ‘करिम’ युट्युबबाट हटाउन माग गर्दै  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पत्र पठाएका छन्।

वादी समुदायकाे कथामा आधारित उक्त गीतले वादी समुदायप्रतिकाे अपमान, विभेद र शाेषणलाई प्रश्रय गरेकाे भन्दै साे गीतकाे प्रसारण बन्द गर्न भन्दै मेयर वादीले शनिबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई पत्र पठाएका हुन्।

उक्त गीतमा वादी समुदायकाे स्वाभिमानमा ठेस पुग्नेगरी सामाग्रीहरु तयार पारिएकाे उनकाे भनाइ छ। ‘विद्यालय पढ्दै गरेका बालबालिका र वादी समुदायप्रतिकाे अपमान विभेद र शाेषणलाई प्रश्रय पुग्ने गरी प्रकाशित उक्त सामाग्री तत्काल युट्युबबाट हटाउन माग गर्दछु’, मेयर वादीले मन्त्री शर्मालाई पठाएकाे पत्रमा उल्लेख छ।

नेपालकाे संविधानकाे धारा २४ मा जातीय छुवाछूत तथा विभेदविरुद्धकाे हकमा भएकाे उत्पत्ति, जात, जाति वा शरीरिक अवस्थाकाे कुनैपनि व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने कार्य गर्न नहुने हककाे बर्खिलाप हुनेगरी तयार गरिएकाे उक्त सामाग्रीले वादी समुदाकाे माैलिक हकमा समेत आघात पुगेकाे पत्रमा उल्लेख छ।

मेयर वादीले गीतबाट वादी समुदायलाई देह व्यापारकाे कलङ्ककाे टीका लगाउने प्रयत्न गरी मानव अधिकारकाे समेत हनन् भएकाे आभास भएकाे पत्रमा उल्लेख छ। उनले अझै पनि वादी समुदायलाई हेर्ने दृष्टिकाेणमा अन्तरआत्मदेखि नै सकारात्मक बन्न नसकेकाे स्पष्ट पारे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank