मंसिरभित्र अस्थायी टहरा टहरा निर्माण गरिसक्न मन्त्री शर्माको आग्रह

दलित अनलाईन १७ मंसिर २०८०, आईतवार १९:२०

रुकुम पश्चिम— सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यो महिनाभित्र  सबै भूकम्प प्रभावितका लागि अस्थायी टहरा बनाइसक्नुपर्ने बताएकी छन् ।

जाजरकोटको नलगाड नगरपालिकामा आइतबार जनप्रतिनिधि र कर्मचारीसँग छलफल गर्दै पुसदेखि चिसो बढ्ने भएकाले मङ्सिर महिनाभित्र नै अस्थायी टहरा निर्माणको काम पूरा गर्नुपर्ने बताएकी हुन् ।

अस्थायी टहरा निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको लामो समय हुँदा पनि उल्लेख्य प्रगति नभएकाले सुरक्षाकर्मी परिचालन गर्ने नीति पारित गरिएकाले अब टहरा निर्माणले गति लिने मन्त्री शर्माको भनाइ छ । जिल्लाका सुरक्षाकर्मी जनशक्ति कम भएमा थप जनशक्ति माग गर्ने अधिकार पनि जिल्ला सुरक्षा समितिलाई दिएको उनले बताइन् ।

टहरा सकेसम्म सुरक्षित बनाउनुपर्ने तर जनताले स्थानीय सामग्री प्रयोग गरेर आफ्नो आवश्यकताका आधारमा बनाउने घरका लागि पनि अनुदान दिने मन्त्री शर्माको भनाइ छ ।

मन्त्री शर्माले विभिन्न दलहरूले टहरा निर्माणमा स्वयंसेवक परिचालन गर्नु राम्रो भए पनि निर्माणका काममा दक्ष जनशक्ति पनि आवश्यक पर्ने बताइन् ।

आहिलेको प्रमुख दायित्व नागरिकलाई छानामुनि ल्याउनु रहेको उल्लेख गर्दै उनले उद्दार र उपचारमा जस्तै पुनर्निर्माण र पुनःस्थापनामा पनि नेतृत्व लिन स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank