![](https://dalitonline.com/wp-content/uploads/2021/06/203902745_392161585552139_6135712822541995885_n.jpg)
गोरखा — जातीय छुवाछुतविरुद्ध गोरखा सदरमुकाममा दबाबमुलक प्रदर्शन भएको छ । रुपा सुनारदेखि जातीय विभेदकारी सबै घटनाका दोषीलाई कानुनी कारबाहीको माग गर्दै आइतबार जिल्ला सदरमुकाममा संयुक्त सचेत दलित संघर्ष समितिले कालोपट्टी बाँधेर प्रदर्शन गरेको हो ।
‘जातीय भेदभाव, छुवाछुत र कसुर सजाय ऐन अक्षरस पालना गर, शब्द र बोलीमा होइन व्यवहारमा लागू गर, समाज बदल्न आफ्नो घरबाट सुरु गरौं, मेरो लडाइँ छुवाछुत विरुद्धको हो, आवाज उठाऊ युवाहरु, हामी नबोले को बोल्ने, उठ युवा जाग अब जातीय विभेद अन्त्य गरौँ, दलित समुदायप्रति भेदभाव बन्द गर, मानव भएर आखिर कहिलेसम्म मानव हुनलाई नै संघर्ष गर्नुपर्ने’ प्रदर्शनमा सहभागीले प्ले कार्डसहित नारा लगाएका थिए ।
‘जातीय विभेद हट्न नसकेका कारण अब विभेद सहेर भन्दा पनि विरोध गरेर दबाबमूलक विरोध कार्यक्रम गरिएको अभियन्ता आनन्द नेपालीले बताए ।
यस्ता घटनामा प्रहरी प्रशासनले पीडितका उजुरीसमेत लिन अस्विकार गर्ने कार्यले पीडितको न्यायको लािग समेत राज्य व्यवस्था उदासिन रहेको अभाष भएको नेपालीले बताए । युवा अभियानता सुमित्रा मङ्ग्राती र आसा उपरकोटीको संयोजनमा विरोध प्रर्दशन भएको हो ।
Leave a Reply