बुर्तिबाङ- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि यतिबेला नेपाल सरकारले देशलाई लकडाउन गरेको छ । विश्वभर कोरोनाको सक्रंमण भयावह बन्दै गएसगैं सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने विपन्न र गरिब परिवार निकै प्रभावित बनेका छन् । लकडाउनले रोजीरोटी नै गुमेको सन्दर्भमा उनीहरुलाई दैनिकी चलाउननै मुस्किल परेको छ । त्यस्ता व्यक्तिहरुका लागि स्थानीय तहले अहिले राहत वितरणको काम गरिरहेका छन् ।
धेरै स्थानीय तहले राहत वितरणको काम सकिसकेका छन् भने केहीले वितरण गरिरहेका छन् । राहत वितरणमा वास्तविक पीडितले राहत नपाएको गुनासोलाई चिर्न बाग्लुङको पश्चिममा रहेको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली भने आफ्नै व्यक्तिगत खर्चमा पीडित परिवारलाई राहत वितरण गरेर प्रशसंनीय कामको थालनी गरेका छन। नगरपालिकाले वितरण गरेको राहतले सम्पूर्ण वर्गलाई समेट्न गाह्रो भएको महशुस पछि उहाँ र उनकी धर्मपत्नी छेला नेपालीले आफ्नै व्यक्तिगत खर्चमा नगरपालिकामा राहत वितरण सुरु गरेका हुन । नगरबासीलाई ६ महिना मैले एक्लैले पाल्छु भन्ने हिम्मतसम्म बोकेका नेपालीले अहिले टोलटोलमा पुगेर राहत वितरण गरिरहेका छन् ।
उनको यो कामलाई स्थानीयले खुलेर प्रशसां गरेका छन् भने सरकार रहेछ भन्ने महशुस भएको प्रतिक्रिया दिएका छन् । यसैबीच नेपाली दम्पत्तीले आज फेरी २२ घरपरिवारलाई आफ्नै व्यक्तिगत खर्चमा राहत सामाग्री उपलव्ध गराएका छन् । नेपाल सरकारले जारी गरेको लकडाउनको प्रत्यक्ष प्रभावमा परेका श्रमिक, गरिव तथा असाहय वर्गका लागि सहयोग पु¥याउने उद्धेश्यले ढोरपाटन नगरपालिका वडा नं. ५ र ६ का २२ घर परिवार प्रभावितलाई राहत सामाग्री उपलव्ध गरेका थिए । नगर प्रमुख नेपालीकी धर्मपत्नी छेला नेपाली आज आफै वडा नं. ५ को सहि खोलामा पुगेर राहत सामाग्री वितरण गरिनन् । वडा नं. ५ का २० घरपरिवार र वडा नं. ६ का २ घरपरिवारलाई राहत सामाग्री उपलव्ध गराइएको नगर प्रमुख नेपालीले जानकारी दिए ।
राहत सामाग्री प्रति परिवार १ बोरा जिरा स्टीम चामल, १ लिटर खाने तेल, १ किलो दाल, १ किलो नुन र २ पिस नुहाउने साबुन उपलव्ध गराइएको उनले जानकारी दिए । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको प्रत्यक्ष प्रभाव गरिव असाहय वर्गहरुको चुलोमा परेको भन्दै नगर प्रमुख नेपालीले संकटपूर्ण अवस्थामा प्रभावित नागरिकहरु भोक मरीकै कारण मर्न नपरोस् आफुले सहयोग अभियान नै सञ्चालन गरेको बताए । राहत वितरण कार्यक्रममा नगर प्रमुख नेपालीकी धर्म पत्नी सहित ढोरपाटन नगर उप–प्रमुख करमतीपुन सहित स्थानिय समाजसेवी, बुद्धिजिवीहरुको विशेष उपस्थीती रहेको थियो ।
नेपाली दम्पत्तीले हालसम्म पश्चिम बागलुङका लकडाउन यता अति गरिव, विपन्न तथा मजदुर र दलित समुदायलाई गरी ११ सय परिवारलाई राहत उपलब्ध गराईसकेका छन ।
Leave a Reply