तीन दिनसम्म लगातार वर्षा : मौसम पूर्वानुमान महाशाखा

दलित अनलाईन २४ असार २०७५, आईतवार ०७:३१

काठमाडाैं- गएराति देखि भइरहेकाे वर्षा तीन दिनसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

रातिदेखि देशका धेरै ठाउँमा वर्षा भइरहेकाे छ। पूर्वको तुलनामा पश्चिम क्षेत्रका धेरै ठाउँमा आइतबार भिषण वर्षा हुने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

बंगालको खाडीसँगै अरबसागरमा ठूलो मात्रामा जलवाष्प उठ्न थालेकाले नेपालमा अबका तीन दिनसम्म निरन्तर वर्षा हुने अनुमान महाशाखाले गरेको छ।

‘गत हप्तादेखि केही निस्क्रिय भएको मनसुन आइतबारदेखि फेरि सक्रिय हुन थालेको छ,’ मौसमविद् बासी भनुभयो , ‘अहिले देशैभरि बदली भएको छ। यसले गर्दा मध्यमदेखि भारी वर्षा हुने संभावना छ।’ बाढीपहिरो जाने क्षेत्रमा बसोबास गरेका नागरिकलाई सचेत रहन महाशाखाले अाग्रह गरेकाे छ।

विगत केही दिन वर्षा नहुँदा काठमाडौं उपत्यकासहित देशैभर गर्मी बढेको थियो। मौसममा बदली भएसँगै तापक्रम घटेकाे छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार गएको २४ घण्टामा कास्कीको लुम्लेमा सबैभन्दा बढी ७० दशमलव ५ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सिमरामा २७ मिलिमिटर वर्षा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank