दलित विकास प्राधिकरणको गठन गर्न सरकारको ध्यानाकर्षण

दलित अनलाईन २४ फाल्गुन २०८०, बिहीबार १७:२५

काठमाडौं —  राज्यका तीन वटै तहमा संरचना निर्माण गर्नेगरी दलित विकास प्राधिकरणको गठन गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा भाग लिदैँ अहिले निश्क्रिय रहेको दलित विकास समितिलाई संघीय, प्रदेश र स्थानीय तहमा पनि संरचना निर्माण हुनेगरी प्राधिकरण गठन गर्न संघीय संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शून्य समयमा सांसद बरालीले भने, ‘अहिले दलित समुदायको समग्र विकासका लागि छुट्टै मन्त्रालय नभएको हुनाले हाल निश्क्रिय रहेको दलित विकास समितिलाई संघीय संरचनामा आधारित केन्द्र, प्रदेश र स्थानीय तहमा संरचना निर्माण हुनेगरी दलित विकास प्राधिकरणको व्यवस्था गर्न सम्माननीय सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

सांसद बरालीले आगामी आर्थिक वर्ष २०८१-०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा दलितलाई समानुपातिक आधारमा बजेट विनियोजित गर्न पनि माग गरेका छन् ।

दलित समुदायको औषत आयु कम हुने भएकाले कर्मचारी निवृतिभरणलाई मध्येनजर गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्तिको उमेर हद ५८ वर्ष कायम गर्न पनि संघीय संसदमार्फत बरालीले सरकारको  ध्यानार्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank