नवनियुक्त तीन मन्त्रीले राष्ट्रपतिसँग लिए सपथ

दलित अनलाईन २१ फाल्गुन २०८०, सोमबार १८:११

काठमाडौं — नयाँ गठबन्धनले नयाँ सत्ता समीकरण बनाएसँगै तीन जना नवनियुक्त मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार साँझ नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले राष्ट्रपति पौडेलसँग शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरूलाइ मन्त्रालयको बाँडफाँड नभएको हुँदा उनीहरूले बिना विभागीय मन्त्रीका रूपमा शपथग्रहण गरेका छन् ।

गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री थिए । नेकपा माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरेपछि उनीहरु सरकारबाट बाहिरिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank