रुकुम हत्या प्रकरण : शुष्मा मल्लकी आमा फेरी जेल चलान

दलित अनलाईन १३ असार २०७७, शनिबार ००:०९

काठमाडौँ—अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित ढंगबाट नरसंहारयुक्त घटनाको मुख्य योजनाकारमध्येकी किशोरीकी आमा पुन  कारागार चलान भएकी छन्।

जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटना सम्बन्धी मुद्दाको धरौटी तिर्न नसकेपछि किशोरीकी आमा पुन कारागार चलान भएकी हुन् ।

रुकुम पश्चिम जिल्ला अदालतले बुधबार सोतीगाँउमा भएको नरसंहारयुक्त घटनाको मुख्य योनाकारमध्येकी शुष्मा मल्लकी आमालाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको हो । धरौटी रकम तिर्न नसकेपछि अन्य २३ प्रतिवादीसँगै उनलाई पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए।

अदालतले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई भने पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो। अदालतको आदेशपछि प्रहरीले हिरासतमा रहेका र जेल चलान गर्न आदेश दिएकालाई राति नै जिल्ला कारागार चलान गरिएको थियो। यसअघिको आदेशमा दुईजना नाबालक नवराजकी प्रेमिका भनिएकी किशोरी र अन्य एक जना आफन्त लाई पुर्पक्षका लागि सुधारगृहमा पठाउने भनेको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank