मेलम्ची आयोजनाका गाडी तत्काल फिर्ता ल्याउन मन्त्री मगरको निर्देशन

दलित अनलाईन १३ कार्तिक २०७५, मंगलवार २२:११

काठमाडौं-खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको गाडी अनेत्र प्रयोग भइरेहेको विषयलाई लिएर गम्भीर चासो व्यक्त गर्नुभएको छ । उहाँले अन्यत्र प्रयोग भइरहेका परियोजनाका गाडी तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिनुभएकाे छ ।

मेलम्ची खानेपानी विकास समितिका नाममा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भैरहेको समाचार सार्वजनिक भएपछि मन्त्री मगरले बाहिर प्रयोग गरिएका गाडी तत्काल फिर्ता ल्याउन समितिलाई निर्देशन दिनुभएकाे हाे । समितिका अनुसार, मेलम्ची आयोजनाका लागि खरिद गरिएका ६० वटा गाडीहरुमध्ये मेलम्ची र खानेपानी मन्त्रालय बाहेक अन्यत्र ६ वटा गाडीहरु प्रयोग भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank