माधव नेपाल समीकरण भन्दा बाहिर जानुहुन्न : प्रधानमन्त्री

दलित अनलाईन १७ जेष्ठ २०८१, बिहीबार १२:१८

काठमाडौँ — प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारेका छन् । बिहीबार बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पारेको प्रचण्डको भनाइ थियो ।

‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ’, बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रचण्डले भने ।

उनले मधेसमा पनि समीकरण भन्दा बाहिर कोही नहुने उनको दाबी थियो । ‘समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को बन्दैन । अहिले हाम्रो जेछ त्यही हुन्छ’, प्रचण्डले भने ।

Nabil bank

अर्को प्रसंगमा प्रचण्डले बजेटमा कोशी प्रदेशलाई प्राथमिकता दिइएन भनेर प्रचार गरिए पनि त्यसमा कुनै सत्यता नरहेको जिकिर गरे । ‘यसमा गलत प्रचार भएको छ । तर, कोशीलाई आवश्यकताअनुसार पर्याप्त बजेट र कार्यक्रम आएको छ’, प्रचण्डले भने, ‘कम भयो भन्ने कुरा सही होइन । बजेटमा जति आएका छन् त्यतिमात्रै पनि होइन । वक्तव्यमा सबै कुरा आएका पनि हुँदैनन् ।’

उनले आगामी आर्थिक वर्षको बजेटमा धेरै कुरा नयाँ आएको उल्लेख गर्दै प्रचण्डले कृषि दशकको कुरा आफैँमा नयाँ कुरा भएको बताए । यस्तै रोजगारी सिर्जना गर्ने जस्ता विषय पनि बजेटमा आएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो आर्थिक स्थिति र राजनीति परिस्थिपित हेर्दा सन्तुलित बजेट आएको छ ।’

उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको गतिविधिप्रति आफूलाई सञ्चारकर्मीको धारणा जान्न मन लागेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank