झापामा आठमहिने छोरीसहित एक दलित परिवार मृत भेटिए

दलित अनलाईन ७ भाद्र २०७८, सोमबार १३:४३

काँकडभिट्टा — झापामा आठ महिनाकी छोरीसहित एकै परिवारका तीनजनाले आत्महत्या गरेका छन्।  आत्महत्या गर्नेमा कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आठ महिनाकी छोरी रुविना सहित बाबु-आमाको झुण्डिएको अवस्थामा सोमबार विहान शव भेटिएको थियो । इलाका प्रहरी कार्यालय सुरुंगाका अनुसार पहिला  आठ महिनाकी छोरी रुविनालाई झुण्ड्याएर पछि दम्पतीले आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

नानीलाई आमाले छातीमा टाँसेर बोकेको अवस्थामा देखिएको छ । उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर हात्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।

आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन भने अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ । उनीहरु झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank