ग्लोबलफोरको सल्लाहकार र समितिहरु चयन

दलित अनलाईन २९ श्रावण २०७९, आईतवार १२:१४

काठमाडौं — जातिभेद विरुद्ध विश्वमन्च,  ग्लोबलफोरमले सल्लाहकारहरु चयन गरेको छ ।
फोरमले  नेपालबाट पदम सुन्दास र डा. मानबहादुर विश्वकर्मा ,क्यानडाबाट डा. द्रोण प्रकाश रसाली , अमेरिकाबाट डा. बिष्णुमाया परियार र डा. ह्यारी भण्डारीलाई सल्लाहकारमा चयन गरेको हो ।

सरकारका पूर्व सचिव डा. विश्वकर्मा  र सरकारका पूर्व राजदूत  सुन्दास ,डा. रसाली क्यानडामा कार्यरत अधिकारकर्मी तथा स्वास्थ्य विज्ञ र डा. परियार अधिकारकर्मी तथा सामाजिक अभियन्ता तथा डा. भण्डारी नेपालीमुलका अमेरिकी राजनीतिमा सफल युवा हुन् ।


यसैगरी बैठकले संगठन विकास समितिमा मोहन विश्वकर्माको संयोजकत्वमा धनबहादुर विके, डा. शोभा नेपाली र हरिशरण परियार, अनिता परियारको संयोजकत्वमा अर्जुन बगाले, अमर हजारा र दिपक सुनुवार सहित आर्थिक समितिमा चयन गरेको छ ।

अर्जुन बगालेको संयोजकत्वमा तीर्थ बर्मा र अमृत विश्वकर्मा सहित विधान मस्यौदा समितिमा, मेडिया कोअर्डिनेटरमा शुशिल बिके, मूल्यांकन तथा अनुगमन समितिमा संस्थाका बरिष्ठ उपाध्यक्ष मोतिलाल नेपाली र निवर्तमान अध्यक्ष तीर्थ बर्मा तथा आइटी समितिमा भिमबहादुर सुनार र प्रकाश घतानी रहेको उपसमितिहरु गठन गरिएको छ । ग्लोवलफोरमको हालै सम्पन्न बैठकबाट उक्त निर्णय गरिएको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank