श्रीमती लिन ससुराली गएका लक्ष्मण विक १६ दिनदेखि बेपत्ता

दलित अनलाईन २० माघ २०७७, मंगलवार २२:२२

बझाङ— बझाङ जयपृथ्वी नगरपालिका– ४ गोलाई घर भएका २० वर्षीय लक्ष्मण विक १६ दिनदेखि बेपत्ता भएका छन् ।
ससुराली दाङ हिँडेका विक १६ दिनदेखि बेपत्ता भएका हुन् । चौध महिनाअघि विकले दाङ तुल्सीपुर नगरपालिका– १८ की गायत्री कुमालसँग विवाह गरेका थिए । श्रीमती भेट्न ससुराली गएका विक बेपत्ता भएपछि ससुराली पक्षले नै बेपत्ता पारेको आरोप उनका आफन्तले लगाइरहेका छन् ।
विवाह भएको पाँच महिनासम्म बझाङ बसेर माइतीघर दाङ हिँडेकी गायत्री बझाङ फर्किन नमानेपछि लिन गएका छोरा ससुरालीबाट बेपत्ता भएको उनका बुबा हरि विकले बताए । लक्ष्मण र गायत्रीको फोनमा समेत झगडा हुने गरेको थियो । छोरालाई ससुराली बोलाएर ससुराली पक्षले नै बेपत्ता पारेको उनको आरोप छ ।
श्रीमती लिन ससुराली हिँडेका लक्ष्मण बेपत्ता भएपछि खोजीको लागि दाङ प्रहरीमा उजुरी दिए पनि हालसम्म केही पत्ता नलागेको भन्दै परिवार चिन्तामा परेका छन् ।
काठमाडौंमा रहेका लक्ष्मणलाई माघको पहिलो सातातिर गायत्रीले नै फोन गरेर लिन आऊ भनेर फोन गरेको उनका दाइ गणेश विकले बताए । उनले भने, ‘बुहारीले नै लिन आऊ भनेर फोन गरेर बोलाएकी हुन्, हालसम्म पनि भाइको अत्तोपत्तो छैन । माइती पक्षले नै बेपत्ता पा¥यो कि भन्ने शंका उत्पन्न भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank