बाग्मती प्रदेशको बजेट सार्वजनिक (पूर्णपाठ)

दलित अनलाईन १ असार २०७९, बुधबार १९:३६

काठमाडौं — बाग्मगी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९ / ८० का लागि लगभग  ७१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बुधबार  आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सभामा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । कुल विनियोजन मध्ये चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ रहेको बताए ।

त्यस्तै, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय  हस्तान्तरणतर्फ  ८ अर्ब ३५ करोड ३७ लाख र वित्तीय व्यवस्थातर्फ  २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।  विनियोजनको लागि खर्च बेहोर्ने  स्रोततर्फ राजश्वबाट २६ अर्ब ९७ करोड ११ लाख, अन्य राजश्वबाट ६

अर्ब  २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणमार्फत २१ अर्ब  ६ करोड ८७ लाख, र चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोष बचत र अन्य स्रोतबाट  १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ स्रोत व्यवस्थापन गर्ने लक्ष्य रहेको मन्त्री जम्कट्टेलले  बताए ।

यस्तै प्रदेश सरकारले एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउन १८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank