नेपालमा कोरोना संक्रमितको संख्या १२० पुग्याे

दलित अनलाईन २९ बैशाख २०७७, सोमबार ११:२५

काठमाडाैं-   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको सूचनामा नयाँ १० कोरोना संक्रमित देखिएको पुष्टि गरेको छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ। मन्त्रालयले  जारी गरेको सूचनामा कपिलवस्तुका १० जनामा कोरोना भाइरस कोभिड–१९ पोजिटिभ देखिएको हो।

कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभुमि नगरपालिका–७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोभिड–१९ पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।  हालसम्म सबैको स्वास्थ्य अवस्था सामान्य भएको र  उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले सूचनामा उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank