‘बोक्सी’ भन्दै कपडा च्यातेर दलित महिलालाई कुटपिट

दलित अनलाईन २८ जेष्ठ २०७९, शनिबार २२:१०

जलेश्वर — महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–६ ठूलो धबौली गाउँमा एक दलित महिलालाई बोक्सीको आरोपमा कुटिएकी छिन ।

जलेश्वर नगरपालिका-६ धबौली निवासी  ५४ बर्षीया दुलरिया देवी रामलाई स्थानीय  व्यक्तिले बोक्सी आरोप लगाएर कुटिएकी हुन् ।

स्थानीय व्यक्तिहरुले ५४ बर्षीया दुलरिया देवी रामलाई विहिबार खेतमा काम गरिरहेको समयमा  स्थानीय  व्यक्तिले बोक्सी आरोप लगाएर सामुहिक रुपमा कुटपिट गरेका थिए । भुलन र सोमारीसहित १०–११ महिला पुरुष मिलेर शरीरका सबै कपडा च्यातेर निर्वस्त्र पारी कुटपिट गरेका थिए।

घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार स्थानीय तलेवर राम, भुलन राम, रामु राम, राकेश राम, रबि राम, बहुरीदेवी राम, सोमनदेवी राम, आरतीदेवी राम, पवनदेवी राम र सुटियादेवी रामले कालोदेवी महतो तथा दुलारीदेवी राम दुवैलाई बोक्सी भन्दै नग्न पारेर हात, मुक्का, लातीले मरनासन्न गरी कुटपिट गरेका थिए ।

स्थानीय ४५ वर्षीय भुलनराम चमार र २८ वर्षीया सोमनदेवी भन्ने सोमारी देवीलाई  ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक पङ्गेनीका अनुसार सोही गाउँका ५३ वर्षीया महिला कालोदेवी महतो र ५४ वर्षीया दुलारीदेवी रामलाई बोक्सीको आरोप लगाउँदै पक्राउ परेका भुलन र सोमारीसहित १०–११ महिला पुरुष मिलेर शरीरका सबै कपडा च्यातेर निर्वस्त्र पारी कुटपिट गर्नाका साथै ज्यान मार्ने उद्योग गरेको भन्दै पीडित कालोदेवी महतोका छोरा अमित महतो र दुलारी देवीका नाति रामजीवन रामले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जाहेरीपछि प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा भुलन र सोमारीलाई आज पक्राउ गरेको हो । उनीहरुउपर (बोक्सीको आरोप लगाइ कुटपिट गरी ज्यान मार्ने उद्योग) मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडि बढाएको छ भने बाँकी फरार व्यक्तिको खोजतलास भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank