जनै उत्पीडनको प्रतीक हो : महावीर विश्वकर्मा

महावीर विश्वकर्मा २७ श्रावण २०७९, शुक्रबार १३:१६

आज जनै लगाउने दिन भएकोले पनि सामाजिक सञ्जालमा यो देखिएको छ, यसबारे लेखिएको छ । कसैले लगाउँदाको गर्व प्रदर्शन गरिरहेका छन्, कसैले जनै माथिको विचार राखिरहेका छन् । कोही जनै लाएर फेसबुकमा आए जस्तै म जनै बारेको विचार लिएर आएको छु ।

मेरो विचार तपाईंलाई मन नपर्न सक्छ, रिस उठ्न सक्छ । तैपनि विचार बुझ्दा त केही बिग्रिँदैन, पढ्नोस् । पढेपछि गाली गर्न मन लागे गर्दा भैहाल्छ ।
जनै लगाउनेहरुले यो त हाम्रो पहिचान हो भनिरहेका छन् । अब पहिचान के हो र कुरिती के हो भन्नेमा केही भन्छु ।
जुन परम्परा, भेषभुषा वा संस्कृतिले अरु माथि उत्पीडन गर्दैन त्यो चाहिँ पहिचान हो । यदि त्यसले अर्को माथि उत्पीडन गर्छ भने त्यो पहिचान होइन, कुरिती हो ।
छुवाछुत गर्न पाउँदा आनन्द लाग्न सक्छ कसैलाई तर त्यो पहिचान होइन, कुरिती हो ।
सती प्रथा अन्तर्गत सती जान पाउँदा पनि आनन्द लाग्थ्यो कतिलाई तर के सती प्रथा पहिचान हो त रु हैन, त्यो कुरिती हो किनभने त्यो प्रथाले मानव जाति माथि नै असर गर्थ्यो ।
कतिले अझै पनि बोक्सी प्रथा मानिरहेका हुनसक्छन्, अर्कोलाई बोक्सीको आरोप लगाउन पाउँदा उसलाई आनन्द लागिरहेको हुनसक्छ । त्यसो भए के बोक्सी प्रथा मान्नु उसको पहिचान भन्न मिल्छ त रु मिल्दैन, त्यो कुरीति हो ।
कतिपयलाई अझै पनि छाउपडी प्रथा ठीकै लागिरहेको छ तर त्यो पहिचान हुन सक्दैन, त्यो कुरिती हो । किनभने त्यसले महिला माथि उत्पीडन गरिराखेको छ ।

त्यसैले कसैलाई गर्व लाग्ने वा त्यो गर्न पाउँदा आनन्द लाग्ने कुराले मात्रै त्यो पहिचान हो भन्न मिल्दैन । त्यसले अर्को माथि उत्पीडन गर्दैन भने मात्रै त्यो पहिचान हो, गर्छ भने कुरिती हो ।
कुनै ठाउँमा २ जना पुरुष छन्, एउटाले जनै लगाएको छ र अर्कोले लगाएको छैन भने, जनै लगाउने चाहिँ माथिल्लो जातको रैछ भन्ने स्वतः दिमागमा आईहाल्छ । यसरी जनैले स्वतः त्यो नलगाउनेलाई तलको भन्ने पुष्टि गरिदिन्छ । भनेको, यसले त सीधा सीधा उत्पीडन नै त गर्छ, उत्पीडन भन्दा बाहेक के गर्छ र ?

जनै तहगत संरचनालाई व्यवस्थित गर्न बनाइएको एक प्रकारको सर्टिफिकेट हो । क्षेत्रीले लगाउने जनैमा ब्राह्मणले लगाउनेमा भन्दा कम डोरो हुन्छ । ब्राह्मण भन्दा क्षेत्री तलको भन्ने संकेत नै त हो त्यो ।

कतिपयले यस्तो पनि तर्क गर्छन् कि, ”मलाई इच्छा छ म लगाउँछु, मैले लगाएको जनैले अरुलाई के हानी गरेको छ र ? ” तर बुझ्नुपर्ने कुरा चाहीँ, जनैले हानी नै त गरेको छ । हानी भन्दा बाहेक के गरेको छ र ?
जनै लगाउने भन्दा नलगाउने चाहिँ स्वतः तल्लो दर्जाको ठहरिन्छ, त्यो भन्दा बढी हानी के गर्नुपर्यो र रु यदि अर्कोलाई हानी गर्दैन भने उसलाई चाहिँ त्यो लगाउँदा गर्व महसुस किन भाको त रु त्यो लगाउँदा म त्यो नलगाउने भन्दा ठुलो देखिन्छु, विशेष देखिन्छु भन्ने मनोविज्ञानको आनन्द नै त हो त्यो ।
नेपालमा चाहिँ जनै जनजातिहरुको लागि उत्पीडनको विषय नहुनुपर्ने हो किनभने जनजातीहरु हिन्दू धर्म भित्रका होइनन् । तर भइदियो के भने, जंगबहादुर राणाले १९१० को मुलुकी ऐन जारी गर्ने बेलामा तागाधारी (जनै लगाउने) र मतवाली भनेर छुट्याए, तागाधारीहरुलाई विशेष अधिकारको व्यवस्था गरे, जुन व्यवस्थाबाट जनजातिहरु पनि उत्पीडनमा परे ।
तागाधारी भएकै कारण जनजाति माथि शोषण गर्न पाउने अधिकारको व्यवस्था गरियो मुलुकी ऐनमा । त्यसकारण ुजनैु जनजातिको पनि सरोकारको विषय हो ।

जनै तहगत संरचनालाई व्यवस्थित गर्न बनाइएको एक प्रकारको सर्टिफिकेट हो । क्षेत्रीले लगाउने जनैमा ब्राह्मणले लगाउनेमा भन्दा कम डोरो हुन्छ । ब्राह्मण भन्दा क्षेत्री तलको भन्ने संकेत नै त हो त्यो ।
तसर्थः कसैलाई यो कुरा मनपर्छ या मन पर्दैन त्यो अलग कुरा भयो तर जनै उत्पीडनको प्रतीक नै हो ।
यसो भनिरहँदा जनै बारे बहस गरिरहेकाहरुले ख्याल गर्नुपर्ने एउटा कुरा चाहिँ के छ भने, जसरी डाक्टरले रोगीलाई घृणा नगरेर उपचार गर्छ त्यसरी नै जनै जस्तो विकृतिको निरन्तरमा फसिरहेकाहरुप्रति पनि घृणा गर्नु हुँदैन । क्रमशः त्यो कुरितीबाट बाहिर निस्किएर विज्ञानसम्मत जीवन अपनाउनका लागि सहयोग गर्नुपर्ने हुन्छ ।
ल मैले आफ्नो कुरा राखेँ, अब गाली गर्न मन भए गर्दा भयो ।

(वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विश्वकर्माले फेसबुकमा सार्वजनिक गरेको विचारलाई साभार गरिएको हो । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank