भारतीय सञ्चार माध्यमहरुले नेपालको हितविरुद्ध विष वमन गरे : बालकृष्ण चापागाईं

दलित अनलाईन ८ जेष्ठ २०७७, बिहीबार १९:३३

बुटवल-  नेपाल सरकारले स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न नेपालको अतिक्रमित भूभागको नक्सालाई विधिवत्रुपमा सार्वजनिक गरेकोमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष, वरिष्ठ पत्रकार तथा  अधिवक्ता बालकृष्ण चापागाईंले स्वागत गरेका छन् ।

वरिष्ठ पत्रकार तथा सामाजिक अभियान्ता अधिवक्ता बालकृष्ण चापागाईंले बिहीबार प्रेस विज्ञप्ती जारी गरी सरकारले मातृभूमिको रक्षार्थ नयाँ नक्सा जारी गरेकाे भन्दै स्वागत गरेका हुन् ।

‘आफ्नो मातृभूमिको रक्षा र संरक्षण गर्नु समस्त नेपालीको कर्तव्य र दायित्व हो भन्दै नेपाल सरकारले आफ्नो प्राण भन्दा प्यारो मातृभूमिको रक्षार्थ लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नक्सा प्रस्तुत गरेको कुराले समस्त नेपालीलाई गौरवबोध भएको छ’, विज्ञप्तीमा भनिएको छ ।
राष्ट्रिय स्वाभिमान, अखण्डता र सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको पहिचानका साथ मातृभूमिको रक्षार्थ निर्भीकतापूर्वक वर्तमान केपी ओली नेतृत्वको सरकार अगाडि बढेकोमा खुसी व्यक्त गदै  मुलुकको सार्वभौमिकताको रक्षाका लागि नेपाली जनताहरु एक ढिक्का भएर अगाडि बढ्नु अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्  ।
नेपाल सरकारले मातृभूमिको रक्षार्थ चालेको कदमलाई कमजोर बनाउन देशी–विदेशी प्रतिक्रियावादी र गलत तत्वहरु सक्रिय हुन थालेको संकेत गर्दै यस्ता प्रवृत्तिलाई निस्तेज पार्न हामी सबै दृढतापूर्वक अघि बढ्नु आवश्यक भएको औल्याउँदै  चापागाईंले भारतीय सञ्चार माध्यमहरुले नेपालको हितविरुद्ध विष वमन गरेकोमा खेद व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank