प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

दलित अनलाईन ८ श्रावण २०७९, आईतवार २०:१५

काठमाडौं —  नेपाल प्रेस युनियनको अध्यक्षमा  शिव लम्साल विजयी भएका छन् । ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् ।

हेटौंडामा शनिबार सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा लम्सालले संस्थापन निकटकी उम्मेदवार अनिता विन्दूलाई पराजित गरेका हुन् । अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल  पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ । 

महासचिवमा पौडेलले संस्थापनका जगन्नाथ दुलाललाई पराजित गरे । खुला उपाध्यक्षमा पनि लम्साल प्यानलबाट उम्मेदवार बनेका नेपाल नकुल अर्याल निर्वाचित भएका छन् । खुला उपाध्यक्षकै अर्को एक कोटामा भने संस्थापन पक्षका भीष्मराज ओझा विजयी भएका छन् ।

यस्तै कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल विजयी भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनपछि संस्थापन पक्षसँग हरेक विषयमा मतान्तर राख्दै आएको कोइराला पक्षले प्रेस युनियनको चुनावलाई यसपटक निक्कै प्रतिष्ठाको विषय बनाएको थियो । र, सोहीअनुसार नतिजा पनि ल्याइरहेको छ ।

हालसम्म जितेका :

अध्यक्ष : शिव लम्साल

वरिष्ठ उपाध्यक्ष : प्रेम केसी

उपाध्यक्ष : भीष्मराज ओझा, नकुल अर्याल

महासचिव : दिलीप पौडेल

कोषाध्यक्ष : माधव धिताल

सचिवमा केदार दाहाल विजयी भएका छन् । अन्य तीन कोटाको नतिजा आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank