खोटाङमा लोक सेवाको प्रश्नपत्र च्यातियो ४ जना पक्राउ

दलित अनलाईन ४ श्रावण २०७६, शनिबार १०:४३

प्रदेश १ बन्द

 

काठमाडौं– स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा प्रवेश गरेर आरक्षण बचाउँ आन्दोलनको समूहले प्रश्नपत्र च्यातेका छन् ।
लोकसेवा आयोगले शनिबार बिहान ७ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सञ्चालन गरेको छ । यसक्रममा खोटाङको सदरमुकामस्थित दिक्तेल बहुमुखी क्याम्पमा रहेको परीक्षा केन्द्रमा परीक्षा सुरु हुनै लाग्दा ‘आरक्षण बचाऊ आन्दोलन’ समूह प्रवेश गरेर केही थान प्रश्नपत्रहरु च्यातेका थिए । प्रश्नपत्र च्यात्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर परीक्षा सञ्चालन गरेको छ ।
प्रश्नपत्र च्यातेको आरोपमा आफ्ना ४ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको
पक्राऊ पर्नेहरुमा आदिवासी जनजाति महासंघका खोटाङ जिल्ला सचिव रविन खम्बु र सहचिव एलबीमगर समेत छन् । त्यसैगरी दलित विकास मञ्चका मिलन चाहार र सविना अछामीलाई पनि प्रहरीले पक्राउ गरेको अध्यक्ष आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताए ।
आन्दोलनकारीलाई गिरफ्तार गरेपछि कडा सुरक्षा व्यवस्थाबा वीच परीक्षा सुचारु गरिएको स्रोतले बतायो । स्थानीय तहमा प्रशासन समूहतर्फ र लेखा समूहतर्फ अधिकृत र सहायक पदका लागि खोटाङबाट २१४ जनाको दरबन्दस्का लागि परीक्षा भइरहेको छ भने धनकुटामा ४९१ र इलाममा २३० गरी ९३५ जनाका लागिशनिबार परीक्षा भइरहेको छ । परीक्षामा ठूलो संख्यामा युवाहरुको उत्साहजनक सहभागिता रहेको छ ।
लोकसेवाले देशभरिका स्थानीय तहबाट कुल ९ हजार १६१ पदका लागि विज्ञापन खोलेको छ । लोकसेवाको परीक्षालाई प्रभावित पार्ने उद्देश्यले आरक्षण बचाऊ आन्दोलनले आज प्रदेश १ बन्दको घोषणासमेत गरेको छ । बन्दका बावजुद लोकसेवाले तीनवटै केन्द्रमा परीक्षा सञ्चालन गरिरहेको छ । लोकसेवाले निकालेको विज्ञापन समावेशी नभएको भन्दै आरक्षण बचाऔं आन्दोलनले आन्दोलन गदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank