परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अष्ट्रेलियाका समकक्षीसँग के भने ?

दलित अनलाईन २४ चैत्र २०७६, सोमबार १५:४३

काठमाडौं– परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अष्ट्रेलियामा रहेका नेपालीहरुको सामाजिक सुरक्षाको लागि आग्रह गरेका छन् । परराष्ट्र मन्त्री ज्ञवालीले अष्ट्रेलियाका परराष्ट्र मन्त्री मरिज पिनलाई सोमबार टेलिफोन गरेर आग्रह गरेका हुन् ।
अष्ट्रेलियामा कोरोन भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएको सन्दर्भमा अष्ट्रेलियामा रहेका विद्यार्थी सहित सम्पुर्ण नेपालीहरुको सामाजिक सुरक्षाको विषयमा अष्ट्रेलिया सरकारसँग महत्वपूर्ण कुराकानी भएको पराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्रीे स्कट मरिसनले केही दिनअघि मात्र एक वर्षको खर्च जुटाउन नसक्ने विदेशी विद्यार्थीहरु घर फर्किदा राम्रो हुने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि अष्ट्रेलियामा रहेका हजारौं नेपाली विद्यार्थीको अवस्था के हुने भन्ने प्रश्न सबैतिर उठ्न  थालेको छ ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अष्ट्रेलियाका परराष्ट्र मन्त्री मरिज पिनसँग टेलिफोन वार्तामा नेपाल एयरलाइन्सले अष्ट्रेलियामा सिधा उडान गर्न सक्ने विषयमा कुराकानी गरेका थिए ।
नेपाल र अष्ट्रेलियाले कुटनीतिक सम्बन्धको यो वर्ष ६० औं वर्षगाँठ भएको सन्दर्भमा समेत कुराकानी गदै निकट भविष्यमा दुई समकक्षीबीच बैठक गर्ने र दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank